[Show all top banners]

paladin

More by paladin
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के NASA college ले complain गर्नु हुन्थ्यो?
[VIEWED 4273 TIMES]
SAVE! for ease of future access.
Posted on 04-07-18 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NASA college ले complain गरेर रिसाएका परिवारले आफ्नै छोरीको हत्या गरेका छन् | यो समाचार पढे पछि लागिरहेछ यो complain गर्ने व्यक्तिले अझै यसो गरिरहेका छन् कि आत्मग्लानी? यस अघि college मै राखेको bouncer को पिटाईले kathmandu मा विद्यार्थीको मृत्यु भैसकेको छ |

स्नेहा हत्या प्रकरण: यसरी मारिइन्

आमाले हात समातिन्, बाबुले घाँटी थिचे, काका प्रदीप सद्गतको सम्पूर्ण तयारी मिलाएर पहिल्यै तैनाथ थिए
जनकपुर — जनकपुरकी स्नेहाकुमारी यादवको हत्या प्रकरणमा बाबुआमाले नै पूर्वयोजना बनाएर छोरीको ज्यान लिएको खुलेको छ ।

उनीहरूले तीन जना परिचितको सहयोगमा घटना सामसुम पार्न हत्याअघि नै सदगतको सम्पूर्ण तयारी गरेको पाइएको छ । छोरी सुतेको कोठाकै छेउ बसेर योजना बुनेका बुबा दिलिपले स्नेहाको मुख र घाँटी थिचेर हत्या गरेका थिए ।

काठमाडौंस्थित नासा कलेजको कक्षा १२ मा अध्ययनरत स्नेहाको हत्यामा दिलीपलाई सघाउनेमा उनकै तीन जना साथी छन् । दिलिप र राधेश्याम (देवेन्द्र) गोइतलाई धनुषा अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । कलेज प्रशासनले छोरीको आचरणलाई लिएर गुनासो गरेपछि रिसाएका बुबा–आमाले चरम यातना दिएपछि स्नेहा थलिएकी थिइन् ।

फागुन ९ गते बिहान ११ बजे सुतिरहेको कोठामै उनको हत्या भएको थियो । दिलिपले त्यसअघि नै सद्गत गर्ने स्थान र आवश्यक सामान जोहो गरिसकेका थिए ।

प्रहरीका अनुसार स्नेहाको ज्यान लिन बुबा–आमासहित पाँचै जना कोठामा प्रवेश गरेर ढोका लगाइदिए । दिलिपका साथी लखन दासले स्नेहाको दाहिने खुट्टा समाए भने अर्का साथी कृष्णा ठाकुरले बायाँ खुट्टा । दायाँ हात गोइतले पक्रे, बायाँ हात आमा सरिताले । दिलिपले बायाँ हातले छोरीको मुख थुन्नुका साथै दायाँ हातले घाँटी थिचेका थिए ।

छोरीको हत्यालाई ‘बिरामीपछि मृत्यु’ भएको देखाउने योजना बुनेका दिलिपलाई घटनाको दुई सातापछि धनुषा प्रहरीले पक्राउ गर्‍यो । प्रहरीसँग बयानमा उनले छोरीको आचरणले समाजमा बदनामी भएपछि हत्या योजना बनाएको स्विकारिसकेका छन् । हत्या योजनाबारे सुरुमा उनले साथी लखनलाई फोन गरेर सुनाए । भोलिपल्ट लखनले कृष्णा र राधेश्यामलाई लिएर घर आए । कृष्णा भारतीय नागरिक हुन् । राधेश्याम दिलिप र लखन दुवैका साथी हुन् ।

हत्याअघि नै सद्गत गर्ने स्थान, जलाउने गुइँठा, मट्टीतेल र चिनी व्यवस्था गर्न दिलिपले भाइ प्रदिपलाई खटाए । छोरीको हत्यापछि आमा सरिता काँप्न थालिन् । दिलीपले तत्काल घरनजिकै बस्ने सरिताकी बहिनी संयुक्तालाई बोलाएर ल्याए । ‘छोरीको अचानक मृत्युले सम्हालिन नसकेको भन्दै संयुक्तालाई सरिताको हेरचाह गर्न अराएका रहेछन्’, धनुषा प्रहरीका एसपी चक्रबहादुर सिंहले कान्तिपुरसँग भने, ‘उनीहरूले संयुक्तालाई हत्याबारे बताएनन् ।’

त्यसपछि योजनाबमोजिम भारतीय नागरिक कृष्णाले फोन गरेर एम्बुलेन्स डाके । मिथिला स्वास्थ्य सहकारी संस्था दुहवीको ज१च १७१६ नम्बर एम्बुलेन्स साँझ ७ बजे आइपुग्यो । ‘छोरी बिरामी रहेको र उपचारका लागि लैजान लागेको’ भन्दै दिलिपले आफ्नै काँधमा शव बोकेर एम्बुलेन्समा हाले । धनुषाको औरही हुँदै एम्बुलेन्स दिलिपकै गाउँ सहिद नगरपालिकाको सराबेस्थित आँप बगैंचामा पुगेर रोकियो । शव बगैंचाभन्दा अलि भित्र बच्छराजा खोला किनारमा पुर्‍याइयो । दिलिपका भाइ प्रदिप पहिल्यै त्यहाँ तैनाथ थिए । उनले शव जलाउने सबै तयारी मिलाइसकेका थिए । डेढ घण्टामा शव जलेपछि खोलाको पानी हालेर सबुत–प्रमाण नष्ट गरियो । सबै जना राति अबेर आआफ्नो घर फर्किए ।

हत्याको १० दिनपछि धनुषा प्रहरीले स्नेहा प्रकरणबारे सुइँको पायो । एसपी सिंहका अनुसार लगत्तै क्राइम ब्रान्चको टोलीले अनुसन्धान अघि बढायो । दिलिप ससुरालीघर सिरहाबाट फागुन २५ गते पक्राउ परे ।

अर्का आरोपी राधेश्याम चैत ६ गते पक्राउ गरिए । ‘दिलिपले धेरै पटक बयान फेरे,’ सिंहले भने, ‘सबै सबुत–प्रमाण र वारदातको घटनाक्रम संकलन भएपछि बल्ल हत्याको सबै रहस्य खोले ।’ धनुषा प्रहरीले स्नेहा हत्या प्रकरणमा बुबा–आमासहित ११ जनालाई आरोपी बनाएको छ । अन्य आरोपी अझै फरार छन् । प्रहरीले एम्बुलेन्स चालकलाई लिखित बयान लिएर छाडिदिएको छ ।

कलेजले स्नेहाको आचरणबारे ‘कम्प्लेन’ गरेपछि दिलिपले उनलाई जनकपुर झिकाएका थिए । दिनदिनै चरम यातना दिँदा पनि छोरीको व्यवहार नफेरिएपछि हत्या गरेको दिलिपले प्रहरीलाई बताएका छन् । तिरहुतिया गाछीमा आयोजित महोत्सवमा दुई पटक छोरीलाई केटाहरूसित देखेपछि उनी थप आक्रोशित थिए । जनकपुर–१ स्थित वकिल टोलमा डेरा गरी बस्दै आएका दिलिप विद्युत् प्राधिकरणका कर्मचारी हुन् । स्नेहाको दाहसंस्कार गरिएको स्थानबाट प्रहरीले हड्डी संकलन गरेर अनुसन्धानका लागि प्रहरीको फोरेन्सिक ल्याब पठाइसकेको छ ।

प्रकाशित : चैत्र २४, २०७४
https://www.kantipurdaily.com/national/2018/04/07/152306615439177867.html

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
TPS EAD auto extended to June 2025 or just TPS?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
TPS Renewal Reregistration
Now Trump is a convicted criminal .
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Shot Dead
Does the 180 day auto extension apply for TPS?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters