Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कहालीलाग्दो अर्धसत्य
[VIEWED 8673 TIMES]
SAVE! for ease of future access.
Posted on 05-27-09 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कहालीलाग्दो अर्धसत्य





तारा भट्टराई



भन्ािन्छ, नारी जबसम्म आमा बन्दैनन्, पूर्णरूपले नारी  हुँदैनन् । नारीको
सुख, नारीको स्वाभिमान अनि नारीको गौरव  सन्तान सृष्टिमै छ । म यसलाई
शतप्रतिशत साँचो मान्छु । म पनि एक आमा हुँ । मैले सन्तान प्राप्तिबाट
हुने सुख र स्वाभिमानको अनुभव गरेकी छु । पहिलो सन्तान जन्मिदा जीवनमा
पहिलोपटक मैले त्यस्तै अनुभव गरेको थिएँ । आज पनि  जीवनको सबभन्दा मीठो,
सुखद र अविस्मरणीय क्षण सम्भिmनुपर्दा प्रसूतिगृहमा डाक्टर नानीछोरीले ल
बधाई छ, छोरा भयो भनी देखाउनुभएको क्षणलाई नै मान्छु म । आज म दुई छोरा
सिद्धार्थ र शशांकको  आमा छु । ईश्वरले मलाई दुई छोराको आमा बन्ने शौभाग्य
दिए ।

तर
समय धेरै बदलिएको छ । अब आमा बन्न विज्ञानको प्रगतिले धेरै सजिलो भएको छ ।
तर आर्थिक हिसाबले सन्तान जन्माउनु, पालनपोषण गर्नु र उनीहरूलाई योग्य
नागरिक बनाउनु धेरै नै गाह्रो  भइसकेको छ । अब त आफू दुई जीउकी भएँ कि
भन्न्ो थाहा पाउनदेखि सुरु हुने खर्च बच्चालाई आमाको जीउबाट छुट्याउने
बेलासम्म त हजारौं-हजारमा पुगिसकेको हुन्छ । आजभोलि त नर्मल डेलिभरी हुने
सम्भावना कमैमात्र हुनथालेको छ । जति बढी डाक्टर, अस्पताल र नर्सिडहोम
उति  पेट चिरिएर जन्मिने बच्चाको संख्या  बढी । मान्छे कसरीमात्र खर्च
धान्दा हुन् ? मलाई त सम्झँदैमा कहाली लाग्छ । उहिलेे महिलाहरू ८-१० वटा
बच्चा पाउँदै हुर्काउँथे पनि । मेरै आमाको पालासम्म पनि परिवार नियोजनको
सुविधा थिएन । उहाँले ६ सन्तान जन्माउनुभयो । यता घरतिर पनि मेरी सासू र
कान्छी आमाले पनि  ६-६ वटै सन्तान पाउनुभयो । त्यो बेला जीवन त्यति 
सुविधासम्पन्न पनि थिएन । म आज पनि सम्झन्छु, आफ्नो बाल्यकाल । हाम्रो
दैनिक लाउने लुगा खद्दरको हुन्थ्यो । वर्षको एक-दुईपटक मात्र राम्रो लुगा
किनिन्थ्यो, खासगरी दशैंमा । त्यो बेला शिक्षा पनि खासै महँगो थिएन । म
मेरो १० कक्षाको फिस महिनामा रु १० तिर्थें । शैक्षिक सामग्रीमा  पनि
त्यति तडकभडक र भिन्नता थिएन । १६ पैसाले एउटा हात्तीमार कापी आउँथ्यो ।
त्यसमा पनि हामी गतवर्षको कक्षामा लेख्न बाँकी भएका पानाहरू निकाली
सियोधागोले सिएर रफ कापी बनाउँथ्यौं । तर अहिले १-२ छोराछोरीलाई हुर्काउन
र स्कुल, कलेजमा पढाउन आफ्ना सानाभन्दा साना इच्छा तथा चाहना कटौती गर्दा
पनि जीवनको कमाइ धौधौ भइदिन्छ । अझ उनीहरूको उच्चशिक्षामा  भएको अलिकता
खेतबारी पनि सकिन्छ । त्यतिले पनि अपुग भई जीवन ऋणमा चुर्लुम्म डुब्छ । तर
यति गर्दा पनि सन्तान होनहार र सुयोग्य नै निस्कन्छ भन्ने कुनै ग्यारेन्टी
हुँदैन । कस्तो विडम्बना ? अब आमाबुबालाई ईश्वर मान्ने, उहाँहरूको सेवालाई
कर्तव्य र धर्म ठान्ने  जमाना पनि रहेन । केही महिना पहिलेमात्र यसै
दैनिकको पहिलो पृष्ठमा एउटा खबर पढेको थिएँ, सप्तरीमा एक ६० वषर्ीया
वृद्धालाई आफैंले जन्माएको छोरोले बोक्सीको आरोप लगाउँदै निर्घात कुटेर
घरबाट निकाल्यो । यहाँ नारीलाई बोक्सी करार गर्न मान्छेहरू अशिक्षित,
अज्ञान र गाउँ-ठाउँको हुनु पनि पर्दैन । धेरै पढेलेखेका, जान्ने-बुझ्ने
भनाउँदा, राम्रो अफिसमा राम्रै पदमा काम गर्ने छोराले पनि श्रीमती र
केटाकेटीलाई आमाको बोक्सी विद्याले सधैं रोगीमात्र पारिराख्यो भनेर घरबाटै
निकालेको पनि यी आँखाले देखेका छन् । यो कुनै व्यक्तिविशेषको कथा पनि होइन
। यो तपाईं, मेरो वा हामीमध्ये कसैकोे पनि कथा हुनसक्छ । मान्छेको जात
बडो  निर्दयी र स्वार्थी हुँदोरैछ । आफैंले जन्माएको सन्तानको पनि कुनै भर
हुँदोरैनछ ।

 आज
म एक विदेशी जोडीलाई झलझली सम्झँदैछु । सायद १८-१९ वर्ष अघिको कुरो हो यो 
। म त्यो बेला जेएसआईमा काम गर्थें । अफिसको एउटा पार्टीमा मेरो उनीहरूसित
भेट भएको थियो । गफैगफमा छोराछोरीको कुरा चल्यो । त्यो जोडीले भनेका थिए,
संसारका मानिसहरूले सबै थोकमा लगानी गरुन्, सिवाय सन्तानमा, किनकि
मानिसले  गर्ने लगानीमध्ये सबभन्दा जोखिमपूर्ण लगानी नै सन्तानमाथि गरिने
लगानी हो । आफूले खाइ-नखाइ भोक, निद्रा, सुख, आराम केही नभनी जीवनका हरेक
चाहना, खुसीलाई त्यागेर सन्तानकोे लालनपालन गरिन्छ, उनीहरूको पढाइ-लेखाइमा
आफ्नो सबै कमाइ लुटाइन्छ, उनीहरूको विवाह-वर्तबन्ध, उनीहरूको खुसी र
उज्ज्वल भविष्यका लागि जीवनभर दुःख गरी जोडेको पाइपाइ अनि सारा
श्रीसम्पत्ति नै सकाइन्छ । तर यी सबैको बाबजुद सन्तान सुयोग्य नै निस्कन्छ
भन्ने कुनै ग्यारेन्टी छैन । उनीहरू एक नम्बरका निकम्मा, बदमास, आवारा,
लफंगा जे पनि हुन सक्छन् । यदि यसो भयो भने तिमी के गर्छौ ? सन्तानको
लालनपालनमा आफ्नो यौवन, यौवनका सबै सपना त नष्ट भएभए, जीवनभरको मिहेनत पनि
गयो, कमाइ पनि गयो । बाँकी रहन्छ त केवल  बूढो रोगी शरीर, दुःख, पीडा,
अभाव र अपहेलित भएर बाँच्नुपर्ने एकलासे जीवन । यसैले यो यस्तो लगानी हो,
जसमा कममात्र सफलताको सम्भावना हुन्छ । यदि सफल नै भयो भने पनि लगानीको
अनुपातमा मुनाफा एकदम कममात्र पाइन्छ । यसैले हामीले त त्यस्तो जोखिमपूर्ण
क्षेत्रमा लगानी गर्ने कुरा सोच्दै सोचिएन । ईश्वरले दिएको जीवन जबसम्म
रहन्छ, हामी एकआपसमा प्रेम गरेर, सुख, सुविधा र आनन्दले जीवन बिताउँछाैं ।

उनीहरूको
कुरा सुनेपछि त्यहाँ उपस्थित सबैले त्यो जोडीकोे छातीभित्र मन र मनभित्र
हुने समवेदनशिलता भन्ने वस्तु नै छैन भनी निष्कर्ष निकाल्यौं । हामीले
आपस्ामा कुरा पनि गर्‍यांै, कस्ता मेसिनजस्ता मान्छेहरू ?

वास्तवमा
मैले त्यो क्षण उनीहरूको  जीवनको दर्शनलाई बुझ्नसकेको रैनछु । तर आज
दिनपरदिन लागूपदार्थ र अन्य दुव्र्यसनमा डुबेर बिग्रँदै गएको युवा
पिँढीलाई देख्छु, सन्तान विदेशिएर सिंगो घरमा बूढा आमाबाहरू छोराबुहारी र
नातिनातिनाका तस्वीर हेर्दै कल्पिएर बाँचेको देख्छु । रोगले ग्रस्त भएर
ओछ्यानमा थलापर्दा स्याहार्ने र माया गर्ने हातको अभावमा  अकालैमा
मृत्युवरण गर्दै गरेका वृद्धवृद्धालाईर् देख्छु । मृत्युपश्चात पनि जब
छोराबुहारी आउने आसमा अस्पतालका मुर्दाघरमा लासलाई तेस्र्याएर राखेको
देख्छु वा सुन्छु, तब म ती विदेशी दम्पतिले भनेका कुरा झलझली सम्भिmन
थाल्छु । मुटुको कुनै अन्तरबाट यही आवाज आइरहेको महसुस गर्छु, सायद त्यो
दम्पतिले ठीकै भनेका रहेछन् ।

tarabhattarai410@hotmail.com


 
Posted on 05-29-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai ramro ra samaya sandarvik katha tara ji, ardha satya nai ho ra?. tapai ko lekhan saili maan chune khal ko chha. ra natural pani chha. I dont feel like I am reading a story. Here are some lines need real praise.


"संसारका मानिसहरूले सबै थोकमा लगानी गरुन्, सिवाय सन्तानमा, किनकि
मानिसले  गर्ने लगानीमध्ये सबभन्दा जोखिमपूर्ण लगानी नै सन्तानमाथि गरिने
लगानी हो" I still doubt this is 100% right but again title is "ardha satya"


"मृत्युपश्चात पनि जब छोराबुहारी आउने आसमा अस्पतालका मुर्दाघरमा लासलाई तेस्र्याएर राखेको
देख्छु वा सुन्छु, तब म ती विदेशी दम्पतिले भनेका कुरा झलझली सम्भिmन
थाल्छु । मुटुको कुनै अन्तरबाट यही आवाज आइरहेको महसुस गर्छु, सायद त्यो
दम्पतिले ठीकै भनेका रहेछन् ।"


katha post gardai garnu hola. Thanks


 
Posted on 05-30-09 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear Sijupanta je

Thanks a lot for your nice comment on my article.But it's not a story, but it's a reality. Maile afna jewan ma dekheka kura mahashush garera kagaj ma utareko matra hu.

Best regards

tara

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
Those who are in TPS, what’s your backup plan?
MAGA and all how do you feel about Trumps cabinet pick?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters