[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 99177 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-12-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दर!
 
Posted on 12-12-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दर!

जदौ सपैलाई!
पुन्टे बुढालाई मेरो बुढ्यौलिको शुभकामनाओ लागि धन्यवाद् छ! :)
 
Posted on 12-12-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्‍है राम्रो लेख्यौ नेप्चे, धन्यवाद तिमीलाई आमाहरु सम्झिएकोमा।

सबैजनालाई फेरिपनि नमस्ते गरेँ है!!
 
Posted on 12-12-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल, कुम्ले।

जिम्माल, त्यो उता बल्खुमा अरु भन्दा अलि फरक प्रतिक्रिया राख्देको कारण के भने नि, हामी अचेल वाह! वाह! मात्रै बढी गर्न थालेक छौं। कमजोरी औँल्याईदिनु सबैभन्दा ठूलो प्रशंशा हो जस्तो लाग्छ मलाई त क्या! मेरा आफ्नै रचनाहरुको पनि कमजोरी औँल्याइदिने आश गरेको थिएँ साथीहरुबाट, तर सबैले वाह! वाह! मात्रै गरेर गए। स्वस्थ आलोचनाको संस्कार पनि शुरु होस् हामीमा भनेर मै पहिलो पटक छुचो भईदिएको हुँ।
 
Posted on 12-12-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा रिसाए कि भनेर गोताएँ दाई डराएछन्, हा हा हा!! :पि

गोताएँ दाई नमस्ते गरेँ है!!
 
Posted on 12-12-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्‍है राम्रो नेप्चे,
सबैजनालाई नमस्ते गरेँ है!! जिम्माल बा, कुम्ले यतै रचन्, के छ हौ खबर?
 
Posted on 12-12-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ दाई नमस्ते गरेँ है!! देख्दै नदेखेको
 
Posted on 12-12-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार फर्काएँ कुम्ले, हरि। यी जिम्माल बा रिसाउलान् र तमाखु 'शेयर' नगर्लान् भन्नी पीर लाग्या छ क्या।
 
Posted on 12-12-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हैन गोताएँ!
कुरो मुनासिब हो। वाह! वाह! मात्र प्रोडक्टिभ हुँदैन कहिले पनि। मलाई त वास्तवमा त्यो कमेन्ट देखेर धेरै खुसि लागेको छ। वास्तवमा त्यस्तो कमेन्टले नै प्रगती तिर उन्मुख गर्छ। कमि कमजोरि थाहा नभै सुधारको कुरै आउँदैन नि! र, वास्तवमा म पनि यस्तै कमेन्टको आश गर्छु सबैबाट जसले प्रोत्साहनको साथसाथै सुधारको मौका पनि दिन्छ! :)
 
Posted on 12-12-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारी मा मेरिज खेल्ने भनेको कोरम नै पुगेन । पाच् रुपिया पोइन्त् ल।
 
Posted on 12-12-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कुरो लेख्दा लेख्दै को को आएछन कराएछन् र हाँसेछन्।
हन क्यार्न रिसाम्दाहुम?
लु बरु भर्खर भरेओ छु इउ सर्को तान्ने भ' तानुम के रे नि :)
 
Posted on 12-12-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हरितालिके भान्जा क्यार्दै छौ?
लु जा मुइँले त सपैको अगाडि भन्दिएँ तिमी चाइन्जो मेरो भान्जो हौ भनेर जे पर्ला पर्ला :)
 
Posted on 12-12-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होस्टे ... हैँसे .....

धागो कान्ला मुनि पुग्नै लागेछ
 
Posted on 12-12-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-12-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ राते र मरन्चयाँसे!

माष्टरनि नानि हजुरलाई अस्ति जन्मदिनको शुभकामना दिएको बेलामा धन्देबात नै भन्न बिर्सेछ गाँठे! रिसानि भा' त छैन होला के रे नि? क्यार्नु बुडो आँखाले तेति नठम्म्याएर हो नदेखेओ ! :)
 
Posted on 12-12-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा, जिम्माल मामा (हा हा, के बा भनाई भो र हगी) सञ्चै हो?
 
Posted on 12-12-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला न कुबेला धन्तेवाद् भुनेर का'ट् हुन्च । अब आर्कोपालि दिम्ला नि एक्कैपल्ट धेरै भन्या भेनि हुन्त्यो । बेला न् कुबेला धन्देवात् क्यारेर राख्नु मुइले। कोलाइ देखाम्नु मोइले ट्याम् मा धन्देवाद् नदेकोले लु जिम्माल बा कान समातेर उठ् बस अर्नु पर्यो ।

त्यो नि हरि भान्जाको अगाडि लौ जi
 
Posted on 12-12-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन

एउटा अन्ध्कार कोठा भित्र रुम्मलिएको यो जीवन
झ्याल बाट अलि कति उज्यालो आएको देखेर
अलि कति झ्याल खोल्छु अनि चिहाउछु
कोही छ कि भनेर तर ति शब्द बिहिन बाटोमा
घरहरु छन, गाडीहरु छन, जनावर छन
तर मान्छेको भावना बुझ्ने मान्छे छैन।
बिबस भएर छेउको भित्तालाइ बोलाउछु
तर त्यो भित्ता पनि निशब्द छ म जस्तै
सायद मैले भित्ता को र भित्ताले मेरो भाषा बुझदैनौ।
बुझोस पनि त कसरी यो स्वर्थी सन्सारमा
आजकल मान्छेले मान्छेकै भाषा बुझ्न छोडिसके ।।
 
Posted on 12-12-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो त धन्देवाद अइले नि का भन्नु भारे'छर जिम्माल बा?' 'भन्न बिर्से पो भन्नु भारे'छ । म त्यसै फुरुंग भएछु :(:(


ल फेरि मज्जाको कुरो अरे नेप्चेभाइले । आमा कविताले भाव विह्वल बनायो अघि साच्चि नारी आमाको रुपमा महान छिन।
 
Posted on 12-13-06 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि पनि आईपुग्या' छैनन् जस्तो छ अहिले!
कोई छ त्याँ' चौतारीमा?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Those who are in TPS, what’s your backup plan?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Travel Document for TPS (approved)
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
How to Retrieve a Copy of Domestic Violence Complaint???
MAGA denaturalization proposal!!
advanced parole
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters