चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
आइयाअा...... जन्मदिन फापेन। फर्किनि बित्तिकै दाँतको डाउडरले फेरि दाँत हुँडलेर बल्ल बल्ल निको हुन लाको जरो फेरि बल्झाइद्यो। अब पर्सि शुक्रबार बङगारा फुकाल्दिनि रे, भउते पाखुरा सुर्केर बस्या काम नलाउनि भो, डाउडरले गर्दिनि भो बङगारा काम तमाम।
लौ अब च्या स्या पका'र खान परो, साह्रै थकाई लाग्यो। तिन चार दिन फेरि टेक आउटाँ परिया थ्यो आज ता दाल, तिहुन पकाउनि सुरसार गर्न लाग्नु पर्यो नि, भाते परियो क्यार्नि।
अब बर्थ डे भाको मान्छेको दाँत दुखे सि के अर्नु? दशा जम्मै दाँत मा गयो, अन्तरे अब केही धन्दा न लिनु। ठुलदाई को हैसियतले अब १-२ ओटा सल्लाह दिन्छु।
१- दुख्या दाँतको के काम? अंरिका नक्कली दाँत सक्कली जस्तै बन्छ रे, पुरै दाँत झिक्ने, सक्कली जस्तो देखिने नक्कली हाल्ने। बिहान् बेलुकी दाँत सफा गर्न नि सजिलो, दाँत फुकाल्यो, हातमा राखी कुना काप्चा, मुगु दाप्चा सबै ठाउँमा सफा गर्न नि मिल्ने। एक पन्थ दो काज भनेको यही हो।
२- यो चाहिँ असली सल्लाह है त अन्तरे- सहन सके सम्म Pain releifer कुनै पनि न खाने। खास् गरेर anti inflamataory भएको नखाने। अर्थात Analgesic मात्र भएको खानु होला। धेरै खानाले किड्नीमा अपुर्नीय क्षति हुने प्रबल् संभावना रहन्छ।
आज ता खोइ कुन चाँहि पर्यो कुन्नि खाइसकियो ठुल्दाई, अब पर्सि बङगारा फुकाल्ने भन्या छ, त्यो बेला चाँहि बिचार पुर्याएर खानु पर्यो ओखती। हुनत म हतपती ओखती खाने मान्छे हैन तर अति भए पछि त नखाइ सुखै भ'न। फेरि पनि धन्यबाद है त ठुल्दाईलाई सल्लाहको लागि। बरु अब सुत्न पर्यो, भोलि अड्डा जानु पर्छ बिहानै।
शुभरात्री।
बरु सुत्ने बेला यो मलाई मन पर्ने गीत। अब दुइ चार दिन भुपिन्दरका गजलहरु खोजेर राख्नु पर्यो जस्तो छ।
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.