[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 तानाशाह

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 29071 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-29-11 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यो चौतारीको कथा हो। काल्पनिक ईतिहासमा काल्पनिक पात्रहरुको काल्पनिक घटना।

तानाशाह

।१।

" कति भएछ हुन चाईँ?"
पुन्टेन्द्रले आफ्नो सदाझैँ रवाफिलो स्वरमा,हात जोड्दै चापलुसीको भावमा गम्भिर भएर केहि झुकेर उभिएका राहुलभाईलाई सोधे।
"पचहत्तर रुपियाँ हजूर!तल्लोबारीको मकै अझै बेच्न बाँकि छ रे बुढाको, त्यसको अर्को पचास रुपियाँ आउँछ होला!"
राहुलभाईले आफ्नो कालो अनुहार झन कालो बनाउँदै झिनो स्वरमा उत्तर दिए।
"केहि छ त्यसकाँ अझै?"
पुन्टेन्द्ले राहुलभाईको अनुहारमा तिखो नजरले हेर्दै सोधे।
राहुलभाई अलिकता लाचार देखिए र भने-
"हजूर भैँसि र पाडो त पोहोरै ल्याएको हो तीन सय पचार मोलेर,बाख्रा मरेछ, अरु केहि छ होला जस्तो लाग्दैन हजूर!"
" त्यो बारी नि?"
पुन्टेन्द्रले फेरि सोधे।
" क्..कुन बारि भनिबक्सयो हजूर?"
"त्यो अगि भनिस् नि मकै बेच्न बाँकि भनेर..कति मोलिएला त्यसको?"
"हजूर त्यो त हजूरकै हो हजूर, बडासाहु स्वर्गे नहुँदै बिर्खे बुढोबाट नामसारी भईसक्या छ!"
राहुलभाईले याद दिलाए।
"अनि बुबाले बाँकि त्यहिँ काम गरेर तिर् भन्नुभाको हैन त्यसलाई? अब कति बाँकि छ?"
अनुहारमा फेरि क्रोध ल्याऊँदै पुन्टेन्द्रले सोधे।
"हजूर, सावाँ ब्याज स्याज सबै गरेर, सोह्रसयमा पचहत्तर घटाएसी....पन्ध्रसय पच्चिस बाँकि हुन्छ असोज सम्ममा तिर्यो भने, 
नत्र कात्तिक लाएसी बढ्छ!"
"हम्म्म..."
केहि सोच्दै पुन्टेन्द्र गम्भिर मुद्रामा आए र आफ्ना दुबै हात पछाडि कम्मरमाथि लगेर बाँध्दै कक्षमा यता उता गर्न थाले।
पुन्टेन्द्र जता जता चल्दथे राहुलभाई चुपचाप आफ्नो टाउको त्यतै घुमाउँदथे।
कक्षमा पुन्टेन्द्रको हल्का पदचापको आवाज बाहेक चकमन्नता व्याप्त थियो।
राहुलभाईको मनमा अहिलेको यो घडि समाप्त भईदिए हुन्थ्यो भन्ने लागिरहेको थियो।
पुन्टेन्द्रको पदचाप रोकियो।
राहुलभाई केहि सतर्क देखिए।
"त्यो अस्तिन चैते दशैँमा बुढा बालि बुझाऊन आउँदा संगै आएकी त्यस्कि नातिनी हैन?"
पुन्टेन्द्रको लामो मौनतापश्चातको प्रश्न सुनेर राहुलभाई अलिकता त्रसित भएजस्तो भए र भने-
"हजूर नातिनी नै हो!"
"पोटिली देखिन थालिसकिछे!यहाँ महलमा काम गर्ने सक्छे अब?"
यति भन्दाभन्दै पुन्टेन्द्रको मुखमा व्याप्त हुँदै गएको कुटिल मुस्कान राहुलभाईले प्रश्टसंग देखे र झनै त्रसित् भए।
"ह...हजूर..सानै छे बिचरी!"
कुन्नि किन हो, राहुलभाईको मुखबाट हल्का बिरोधको आभाष आयो।
"यता आईज!"
पुन्टेन्द्रले अलिक कड्केर राहुलभाईलाई भने र राहुलभाईको कानमा बिस्तारै केहि कुरा गर्न थाले।
कुरा गर्दै जाँदा पुन्टेन्द्रको आँखाको चमक र राहुलभाईको अनुहारको कालोपन अनुक्रमानुपातिक रुपमा बढ्दैथिए!
तर उनिहरु अन्जान थिए कि महलको यो कक्षको बन्द रहेको ढोका बाहिर अँध्यारोमा टाँसिएर रहेको एउटा मानव छायाँले उनिहरुको 
वार्तालाप सबै सुनिरहेको थियो।


।२।


कोठामा रामेको अट्टाहास गुन्जियो!
कोठामा टुकिको मधुरो पँहेलो प्रकाश फैलिएको थियो। भुईँमा सुकुल ओछ्छयाएर रामे, बैरे र लहरे अस्त-व्यस्त रुपमा बसे‍का थिए, र पिउँदै थिए; कुनै फोहोर कुरामा अट्टाहास लगाउँदै।
"तरिका जान्नु पर्छ मुरदार हो, अनि पो भन्या भन्या भेटिन्छ!दिमाख नि लाउन जान्न पर्छ, मुढेबल मात्रै भो'तेरो जस्तो भने हेर् 
लहरे तँ अइले जस्तो छन तेस्तै हुन्चस घाट लाने बेलासम्म नि!"
बैरेले एक मुठि च्यूरा मुखमा हुलेर हरियो खुर्सानि किटिक्क पार्दै चपाउँदै भन्यो।
रामे फेरि हाँस्यो।
लहरेलाई हल्का हेपिएको आभाष भयो र रिस उठ्यो।
गिलाँसमा बाँकि रक्सी एक सासमा सिनित्त पार्यो र बैरेतिर हेरेर रिसायो-
"तैँ मुरदारको दिमाख होला, घराँ अंगालोभरकि स्वास्नि हुँदाहुँदै अर्काकि छोरिबेटी स्वास्नि जोसंग नि लहसिँदै हिँड्ने दिमाख्!"
"मर्दले हो लहरे तरुनि फकाऊनि, तेरा बसको बात हैन!"
रामेले लहरेको रिसको आगोमा घ्यू थप्यो।
लहरेको कन्चट तातेर आयो। फरक्क रामेतिर मुन्टो बटारेर भन्यो-
" तँ मुरदार जस्तो मर्द नि देख्याहुम्, दुईखुट्टा ऊभ्भ्या आइमाई देख्न हुन्न भगाऊने कुरो गर्छ। कुरैले तरुनि भाग्ने भए तँ भाते 
सिरिकिस्न भैसक्थिस्!"
रामेको अनुहारमा लहरेको ऊ प्रतिको यथार्थताले आएको कालोपन रामेले निकै कुशलतापूर्वक लुकायो र केहि भन्न मुख खोल्यो।
रामेले बोल्न नपाउँदै, बैरे बोल्यो-
" क्यार्न रिसाउँचस ए बजिया,एसो कुरो पो गर्या त लु रउसि खा' नरिसा!"
यति भन्दै बैरेले लहरेको गिलाँसमा रक्सि थपिदियो।
लहरे चुपचाप रक्सी पिऊन थाल्यो।

कोठामा मौनता छायो।
रामेको मनमा कुरा खेल्न थाल्यो। 
लहरे सहि थियो।
नगरमा कुनै स्त्रीको मनमा पनि रामेले आफ्नो छाप छोड्न सकेको थिएन र नगरमा कुनै यस्ता स्त्री पनि थिएनन् जसलाई देखेर रामेको मनमा अनुराग उत्पन्न नभएको होस। पुन्टेन्द्रको दाहिने हात रिठ्ठेको साथि भएको नाताले उ लगायत बैरे र लहरे, तिनैजानाको प्रभुत्व नगरमा बलियै थियो। उसको उमेर जवान थियो र स्वास्थ्य पनि गजबको थियो। तर उसको बोलीले गर्दा सबैकुरा बिग्रन्थ्यो। उसले स्त्रीसंग बोल्ने बोलीमा माया तथा प्रेम भरेर बोल्दा उसलाई नसुहाऊने किसिमले झुटो सुनिन्थ्यो र उसले मनको कुरा राख्दा, उसले बोल्ने भाषा तथा प्रयोग गरेका शब्दहरुमा उसले नारीलाई वस्तु सम्झेको कुरा स्पश्ट झल्किन्थ्यो। अहिलेसम्म उसले यदि कुनै नारीको सामिप्यता पाएको थियो त केवल बलले पाएको थियो। बैरे र लहरेको अगाडि ऊ यसलाई बढाई-चढाई गरेर प्रस्तुत गर्थ्यो तर यथार्थत: उसको भित्रि मनमा यस्तो सामिप्यताले केहि महत्व राख्दैनथ्यो। ऊ आशामा थियो त केवल यस्तो नारी दृष्टीको जुन कुनै बलले नभई स्व:स्फुरित किसिमले ऊ तिर परोस!

"ढक् ढक् ढक्"
ढोका ढक्ढक्याएको आवाजले रामे यथार्थमा आयो।
बैरे र लहरे पनि सम्हालिए।
तिनैजना आँखामा प्रश्नवाचक चिन्ह लिएर एक अर्कालाई हेर्न थाले।
"ढक् ढक् ढक्"
ढोका फेरि पिटियो।
बैरे उठ्यो र ढोका खोल्न गयो।
रामे र लहरेले बैरेले ढोका खोलेको सुने।
बैरे ढोकामै बसेर कसैसित गुनगुन गरेको सुनियो।
एकैछिनमा ढोका बन्द गरेर बैरे फर्कियो।
फटाफट लगाईराखेको फोहोर भोटो खोल्दै बैरे बोल्यो-
"रिट्ठेले तुरन्त बोलाएको छ महलमा, पुन्टेन्द्र साहुको काम गरिहाल्नु पर्ने भा' छ रे! छिटो जाम्!"
बैरेको कुरा खस्न नपाउँदै तिनैजना चुपचाप जाने तरखरमा लुगा लगाऊन थाले।
कोठाभित्रको मौनतामा बाहिर अँध्यारोमा झ्याउँकिरी कराएको आवाज मात्र व्याप्त थियो।
Last edited: 29-Jun-11 04:13 PM

 
Posted on 06-29-11 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ।३।

 तानाशाह पुन्टेन्द्रको बयान:
 
((शुरुको छोटो दुई भाग पढ्दा पाठकहरुलाई पुन्टेन्द्रको अगाडि तानाशाह झुण्डिएको बाहेक अरु कुनै कुरा थाहा हुन सकेन। 

त्यसैले यो सम्पूर्ण भाग उनको परिचयमा समर्पित गरिएको छ।))
 
 
कालीनदीको किनार शताब्दियौँ देखि उस्तै देखिन्थ्यो। दुवै तिर हरिया बनहरुले ढपक्कै ढाकेको अग्ला चुलिएका पहाड र पहाडमा लुकेर बसेका र  छरिएका गाउँहरु पाल्पा राज्यको पहिचान थिए। कालीको किनारमै बिशाल र भव्य 'पानी महल' महल थियो पुन्टेन्द्र साहु को। हजूर, महलको  नाम थियो 'पानी महल'। भनिन्छ उहिल्यै पुन्टेन्द्रका बडा हजुरबुबाले रानिसंग पानीमा जलकृडा गर्दाको सम्झनामा उक्त महल बनाएका थिए र  आउने सयौँ पुस्तासम्म पनि कुरा होस भन्ने उद्देश्यले महलको नाम 'पानी महल' राखेका थिए। उक्त महल नेपालवर्षमै सबैभन्दा सुन्दर र अद्भुत  बनेकोले,धेरै खुसि भएर पुन्टेन्द्रका बडाहजुरबुबाले उक्त महल बनाऊने सबै कामदारलाई एक रात, राजभोज खुवाऊने बहानामा महलमा बोलाएका  थिए रे!राजभोजमा गएदेखि कुनै पनि कामदारहरु कहिल्यै घर फर्केनन् रे! भनिन्छ, फेरि अर्को त्यस्तो महल नबनाऊन भनेर बडा हजुरबुबाले  सबै कामदारहरुको शरिरमा ढुङ्गा बाँधेर कालीमा फालिदिएका थिए रे!यो कुरामा कति सत्यता थियो र कति मिथ्या त्यो कहिल्यै थाहा हुन  सकेन, र कसैले यसबारेमा कुरा गरेको पनि सुनिएन!
  
दिन बिते, महिना बिते, वर्ष बिते!  टाssढा नेपाल खाल्डोबाट समाचार आयो, जोतपर्व भयो रे! एकजना माणा मन्त्रीले नेपाल खाल्डोका  सबै मन्त्रीहरुलाई काटेर आफू राजा भएछन् र माणा शासनको सुरुवात गरेछन्। जोतपर्व र माणा शासनको शुरुवात लगत्तै धेरै परीवर्तनहरु भए।  कयौँ राज्यका महाराजाहरु साहु भने! नामबाट 'महाराज' हटे पनि अरु सबै कार्य कर्तव्य उस्तै थियो साहुहरुको। सर्वसाधारणहरु  चाड-पर्व,जन्म-मृत्यु,विवाह-व्रतबन्धमा यिनै साहुहरुकहाँ जान्थे,ऋण लिन्थे र जीवनभर उक्त ऋण चुक्ता गर्दै आफ्नो जीवन बिताऊँदथे। 
 
पुन्टेन्द्र साहु, जोतपर्वकै कालो रातमा जन्मेका थिए। यस अर्थमा ऊनि यस संसारमा आऊनु र नरसंहार शुरु हुनु एकै पटक भएको थियो। ऊनि  जन्मेको रात, सधैँ शान्त रहने कालीनदीमा डरलाग्दो किसिमको गडगडाहट सुनिएको थियो। उनको चिना बनाऊने मुल पुरोहीत अन्तिम पटक त्यहि रात महलमा छिरेको देखिएका थिए त्यपछि आजसम्म उनको कुनै खबर छैन। भनिन्छ पुन्टेन्द्रको जन्म लगत्तै उनले शायद केहि अनिष्टको पूर्वानुमान गरेका थिए र उनको यो पूर्वानुमान महलमा सह्य भएन र ऊनि बेपत्ता पारिए। 
 
तीन चार वर्षको हुँदा देखि नै पुन्टेन्द्रमा अचम्म किसिमको परीवर्तन देखिन थाल्यो। उनलाई एक्लै कोक्रामा सुताउँदा महल नै थर्काऊने गरेर रुन  थाले। कयौँ उपायहरु गरिए, बुबाहजूर आफैँले सुताऊने कोशिस गरे, मुमा धाईआमा सबैले आफूसंग सुताऊने कोशिस गरे, तर पुन्टेन्द्रको बाल्य-क्रोध-क्रन्दन थामिएन। त्यतिबेला एकजना सुकमेल नाम गरेकी एक महलसेविका थिईन्। उनलाई बालक पुन्टेन्द्रको क्रन्दनले पिडा दियो र ऊनले बुबाहजूरलाई एक पटक पुन्टेन्द्र लाई काखमा लिने अनुमती मागिन्। बुबाहजूरको अनुमति पश्चात उनले काखमा लिनासाथ पुन्टेन्द्रको क्रन्दन शान्त भयो। यस घटना पछि, पुन्टेन्द्र सुकमेलसंग लुटुक्क निदाउन थाले। तर यो धैरै समय सम्म टिक्न सकेन, पुन्टेन्द्रको क्रन्दन फेरि शुरु भयो। सानो बालक पुत्रको पटक पटकको क्रन्दनले आजित बनेका बुबाहजुरले महलमा घोषणा गरे कि जसले सानोसाहु पुन्टेन्द्रको रुवाई शान्त गर्ने उपाय बताउँछ, उसलाई ठुलो पुरस्कार दिईने छ। 
 
डिठ्ठाराम नामका एक साधारण कर्मचारी थिए त्यतिबेला महलमा उनले एक यस्तो उपाय बताए जसले गर्दा पुन्टेन्द्रको क्रन्दन रोकियो। डिठ्ठाराम अहिले पुन्टेन्द्र साहुका दाहिने हात रिठारामका बुबा थिए। उक्त घटना पछि, महलमा महिनै पिछ्छे महलसेविकाहरु भर्ना गर्न थालियो। पुन्टेन्द्र आठ वर्षको हुँदा नहुँदै उनि दायाँ वा बायाँ जता कोल्टे फर्कँदा पनि एकजना सुसारे महशुस गरेरनन् भने क्रोधमा रुनथालिहाल्थे! डिठ्ठारामले पुन्टेन्द्रको महलसेविकाप्रेम पत्ता लगाएकोमा बुबाहजूर यति खुसि भए कि उनले डिट्ठारामलाई आफ्नो दाहिने हात बनाए र महलसेविका भर्ना गर्ने सम्पूर्ण जिम्मा पनि उनैलाई लगाए। यो प्रथा यद्धपी कायमै छ र डिठ्ठारामको मृत्यूपश्चात रिठारामको काँधमा अहिले सबै जिम्मेवारी छ। आफ्नै उमेरका सेवक रिठारामलाई पुन्टेन्द्रले केवल रिट्ठे भन्थे र आफूलाई जति मन नपरेपनि यो नाम स्विकार गर्नु सिबाय रिठाराम स्वयंलाई र बाबु डिट्ठारामलाई अरु कुनै उपाय थिएन।
 
Last edited: 29-Jun-11 04:13 PM

 
Posted on 06-29-11 4:10 PM     [Snapshot: 2]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

।४।

झमक्क रात पर्न लागिसकेको थियो, र कतै कतै झ्याउँकिरीहरु कराऊन थालिसकेका थिए।
बिस्टे बुढाले पिठोको भारी चौतारीमा बिसाए र थुचुक्क बसे।
निधारभरी आएको पसिना, लगाईराखेको मैलो ढाकाटोपि झिकेर पुछे र टोपि हातमै लिएर केहि झोक्राएर तल नगर हेर्दै थकाई मार्न थाले।
रात पर्न शुरु भैसकेको भएर नगरमा पर कालीको किनारमा पानीमहलमा कतै बत्ति बलेको देखिन्थ्यो।
"हे भगवान धेरै राति हुनि भो!"
आफ्नो बुढो शरीर नगरसम्म पुग्दा धेरै रात पर्ने जानेर बुढा आत्तिँदै मनमनै बोले।

एकैछिनमा झ्याउँकिरीको आवाज धेरै बढ्न थाल्यो र अलिकता झिनो बाँकि उज्यालोलाई पनि अन्धकारले स्वाट्टै निल्यो।
बुढाले आफूलाई अलिकता तागतिलो महशुस गरे।
पिठोको भारिमा अल्झाएर राखेको दियालो र पत्थर झिके। निकै सकससंग पत्थर घोटेर दियालो बाले।
पिठोको भारि पुन:बोके र दाहिने हातले समातेको दियालोको राँकोलाई हल्का उचाईमा ल्याउँदै ओरालो झर्न थाले।
"भोकै होला बिचरो अहिलेसम्म!"
बुढालाई नातीको याद आयो र माया लाग्यो।
"केहि खान दे कि देनन कुन्नि असत्तिहरुले?"
साहुको काम गर्न दिनभरि गएको नाती पुरेलाई सम्झिए बुढाले।
पुरे बिहान झिसमिसेमै गएको थियो। बुढालाई थाहा थियो पुन्टेन्द्र साहुको बारिको काममा खान दिनु नदिनु रिट्ठेको मनमा भर पर्थ्यो। कहिले खुब माया गरेको जस्तो गरेर मजाले खुवाउँथ्यो र आराम गर्न पनि दिन्थ्यो तर धेरैजसो हातमा लिएको बाँसको सिम्किनाले त्यत्तिकै बहाना खोजि खोजि कामदारहरुलाई पिट्दथ्यो। पुरे भोकै परेछ भने राति ढिँडो पकाएर खान भ्याऊने गरेर बुढा घट्टमा गएका थिए तर बुढो शरीरले गर्दा फर्कँदा रात परेको थियो। गर्नु पर्ने काम, कर्तव्य र दुख उस्तै थिए बर्षौँ देखि तर शरीर क्रमश: बुढो हुँदैथियो।
बुढा आहत देखिए।
ऊनको मनमा फेरि घोर निराशा छाउन थाल्यो।
 
बुढालाई आजकल डरलाग्दो निराशाले घेर्छ बेलाबेलामा। यस्तो बेलामा आजभोली केहि समय भयो खै किन हो उनलाई मरौँ मरौँ लाग्न थालेको छ।
यहि डरले बुढाले आफ्नो सोचाईलाई रमाईलोतर्फ लैजान खोजे।
कतै केहि रमाईलो थिएन!
बुढा झनै आत्तिए।
२२ वर्षको छँदा जाहान बितिन् बालखा छोरा छाडेर। छोरा बुहारी उनि भन्दा पहिल्यै संसार छाडेर गए। कहिल्यै आफ्नो भन्नु केहि रहेन बुढासंग!
बुढाको पेटभित्र कतै जलन र पिडा छायो। शरिर झन्झनाएको जस्तो भयो र निधारमाथि ठुलो बल पर्यो। 
अत्यन्तै आत्तिएर झन आशाहिन देखिए बुढा।
"यहि एउटा नाति नभएको भए उहिल्यै कालीमा हालफाल्थेँ!"
बुढा बुदबुदाए।
नातीको अनुहार कल्पनामा आऊनासाथ, बुढालाई अलिक राहत अनुभव भयो।
"अब यसको राम्रो देख्न पाए केइ चाइन्नथो मलाई!"
बुढा मनमनै बोल्दै ओरालो झर्दै थिए।
 
नातीको कुरा मनमा खेलाउँदै जाँदा बुढा धेरै ठिक हुँदै आए।
"यसको बे' गरेसि हाइसन्चो हुन्छ!एल्ले साउको काम गर्च ब्वारिले घरको!"
"बिर्खे सम्धीसँअ कुरो राखिहाल्छु, सिमी नानी नि तरुनी भैसकिन्!"
बिर्खे बुढा बिस्टे बुढाको बालसखा थिए। एकै किसिमका दुख-सुख भोगेका यि दुई बुढाले पहिलेदेखि नै एकआपसमा सम्धीज्यू भनेर साइनो लाउँदथे र अब यहि कुरा वास्तविकतामा लेराऊने समय भएको थियो।
बुढा निकै तल आईपुगे, दोबाटो नजिकै थियो जहाँबाट बायाँ गए नगरमा बुढाको कटेरो थियो त बायाँ गए पानीमहल।
दियालोको राँको मधुरो हुँदैथियो र अब निभ्न आँटेको थियो।
बुढाले हिँडाईको चाल बढाए। दोबाटोसम्म पुग्दा दियालो बाँकि रहे, त्यसपछि अँध्यारैमा पनि बुढा आरामसंग नगर पुग्न सक्थे।
बुढाले आफ्नो वेग बढाए।
दियालो धिपधिपाऊन थाल्यो र अन्त्यमा निभ्यो।
 
बुढा दोबाटोमा पुग्नै आँटेका थिए, केवल केहि पाईला पर थिए!
अचानक बुढाले कतै चुरा बजेको जस्तो सुने।
दोबाटोको दायाँपट्टिको मोडबाट एउटा मानव छायाँ फटाफट दोबाटो हुँदै नगरतिर लगभग दौडिएको देखे बुढाले।
बुढा डराए!उनको पाइला जड् भयो!
चुराको आवाज अझै आउँदै थियो!
छायाँ ओझेल नहुन्जेल बुढा केहि आवाज ननिकाली चुपचाप उभिए!
निकै पछि बुढाको शरिरले हलचल गर्यो र केहि डराउँदै केहि प्रश्नहरु मनमा ल्याउँदै बुढा बाटो लागे!
"को होलि यिनि स्त्री यति राति चुरा बजाउँदै दोबाटोमा हिँड्ने?!"
अचम्भित र केहि त्रसित् उनि पिठो बोक्दै नगरतिर हिँड्दै थिए!
Last edited: 29-Jun-11 04:13 PM

 
Posted on 06-29-11 4:11 PM     [Snapshot: 8]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ।।५।।
 
साँझ पर्नै लागेको थियो र पर पश्चिमतिरको डाँडा सुन्तला रंगको देखिन थालेको थियो।
पुरेले हलबाट गोरु फुकाएर साहुको गोठमा बाँधिसकेको थियो, र अब गोठकै छेऊमा राखिएको ठूलो भुँड्कोबाट पानी उभाउँदै हात खुट्टा धुँदै थियो।
दिऊँसो रिट्ठेले दिनभरीमा जोतेर सिद्ध्याऊनुपर्ने बारीको पाटो देखाउँदै, दिनभरिमा जोतेर नसके पिँडुल्लामा २० पटक बेतको प्रहार खाने चेतावनी दिएको थियो। चेतावनीपछि पुरेले एक निमेष पनि स्थिर नभै एकोहोरो रुपमा बारी जोतेको थियो। रिट्ठेले भनेको पाटो सकिनै लाग्दा हलगोरू केहि थाकेका जस्ता देखिन्थे तर पुरे भने कुनै मेसिनजस्तो अनवरत रुपमा हलो समातेर गोरुलाई अगाडि बढ्न लगाउँदै थियो पाटो नसकिउन्जेल।
पुरेले आफूले लाएको कछाड तिघ्रामाथिसम्म सारेको थियो र पानी उभाउँदै तिघ्रा देखि तल कुरकुच्चासम्म लागेको माटोको फोहोर पखाल्दै थियो।
दुई चंचल र केहि मादक आँखा एकोहोरो रुपमा पुरेको हरेक चाल केलाऊँदै थिए।
गोठ्को पछाडिपट्टी खामोको आडमा केहि छेकिएर उभिएकि थिईन् शबु!
 
उहिल्यैको कुरा हो, त्यतिबेला शायद शबु ४-५ वर्षकि थिइन होला, नगरभन्दा निकै पर गाउँमा उनि खेल्दै थिइन् र भुल्दै थिइन आफ्नो बाल्य संसारमा। एकदिन अचानक उनकि आमाले उनलाई लामो जुंगा पालेका र कक्कड तानिरहेका एकजना डरलाग्दो मान्छे चिनाईन् र भनिन् "छोरी उहाँ तेरो बुबा हो र मेरो पोई हो, अब हामि उनकै घरमा गएर बस्ने!" 
त्यसपछी उनि यहाँ आएकि थिइन् ठूलो घरमा। उनको घर पानीमहलसंग लगभग जोडिएको थियो। नयाँ घर आउने बित्तिकै बुबा डिट्ठारामले उनलाई एकजना आफूभन्दा निकै ठुलो लोग्नेमान्छेलाई उनको 'दाई' भनेर चिनाईदिएका थिए। डिट्ठारामको जेठी श्रीमतीतिरको छोरा रिट्ठे उनलाई दाईजस्तो लाग्दैनथ्यो र खै किन हो रिट्ठेसंग उनलाई असाध्यै डर लाग्थ्यो। उनले राम्रोसंग चिन्न नपाउँदै डिट्ठारामको मृत्यू भएको थियो, र उनकि आमा निकै पहिले एकदिन महलमा काम गर्न गएकी कहिल्यै फर्किनन्। आमा हराएपछि ऊनि धेरै समयसम्म रोएर बसेकि थिइन्। त्यो समय देखि अहिलेसम्म उनि रिट्ठेसंगै बस्थिन् र प्रत्यक्षत: रिट्ठेले उनलाई केहि नगरेपनि उनी अहिलेपनि रिट्ठेसंग धेरै डराउँथिन् र यो ठाउँ यो महल र रिट्ठे सबै छोडेर कतै जान पाए कति खुसि भईन्थ्यो होला भन्ने सोचेर आफ्नो दिन बिताउँदै थिइन्।

महल वरिपरी शबुको बाल्याअवश्था बित्यो र महलवरिपरी नै किशोरावश्था पनि बितेर भर्खरै शबु युवती भएकी थिइन्। महलको चालचलन, क्रियाकलाप र उतारचढाव शबुले नचाहँदा नचाहँदै पनि बुझ्दै जान थालेकि थिइन्। रिट्ठेले उनलाई महल र महलका कृयाकलापबाट जति टाढा राख्न खोजे पनि हुर्कँदै जाँदा उनले धेरै महलसेविकाहरु चिनेकि थिइन्। पहिले पहिले पहलसेविकाहरुको कुरा उनले केहि बुझ्दिनथिईन तर आजभोली तिनिहरुको केहि कुरा बुझेर उनलाई अचम्म, डर र उत्सुकता लाग्न थालेको थियो महलदेखि,जीवनदेखि र यौवनदेखि!
केहि दिन देखि खै किन हो उनलाई नजिकै बारी जोत्ने एक युवकलाई सधैँ हेर्न मन लागिरहन्छ।
उनले त्यस युवकको नाम थाहा पाएकि थिईन्! 
"प् पुरे!"
उनको ओठबाट अनायाशै पुरेको नाम निस्कियो!
उनले फेरि गोठको खामोमा केहि छेकिएर पुरेलाई हेरिन्।
 
पुरेले चिसो पानी आफ्ना बलिष्ट तिघ्रामा हाल्यो र खुट्टामा लागेको माटोको मैलो केहि झुकेर आफ्ना दुवै हातले माडेर फाल्न थाल्यो। पानी पुरेको तिघ्रा हुँदै उसका बटारिएका पिँडुल्लामा केहि घुमेर तल झर्दैथिए र मयल माड्ने क्रियामा उसका पाखुराका दह्रा मासुका थुप्रोमा केहि कम्पन हुन्थे।
यो सबै हेरिरहेकी शबुको मुखबाट अनायाशै एक चिसो सुस्केरा निस्कियो। तुरन्तै आफ्नो मुखबाट निस्केको सुस्केरामा शबु केहि आत्तिईन र केहि 
लजाईन्। मुखबाट निस्किसकेको सुस्केरा पुरेले नसुनोस भन्ने निरर्थक प्रयासमा अनायासै शबुले आफ्नो तल्लो ओठ हल्का टोक्न पुगिन्। 
डुब्ने बेलाको सुन्तला रंगको घाममा केहि टोकिएको उनको ओठबाट अहिले नै रगत निस्कन्छ कि जस्तो देखिन्थ्यो।
पुरेले भोटो फुलाकेर गोठमाथि राख्यो र पानीले गर्धन र पाखुरा भिजाऊन थाल्यो।
शायद धेरै थकाईले होला, गर्धन र पाखुरामा पानी पर्ने बित्तिकै पुरेलाई शीतल आनन्दको आभाष भयो आँखा चिम्लिएर आफ्ना दुवै हात दुईतिर सिधा फैलाएर तन्कायो र आँखा चिम्लिएर आकाशतिर टाउको तन्कायो;मानौँ सम्पुर्ण आकाशनै ऊ आफ्नो चौँडा छातीमा अड्याऊन चाहन्छ।
शबु खुम्चिईन्। 
उनले लगाईराखेको धोतिको सप्को खसेको उनलाई चेत भएन। एकपलको लागि उनलाई आफ्नो शरिरभरी मसिना कमिलाहरु हिँडेको जस्तो लाग्यो।
"उफ् के भईरा छ मलाई?"
शबुले आफैँलाई प्रश्न गरिन् र उनको मुखबाट फेरि लामो सुस्केरा निस्कियो।
शायद पुरेले गोठको आडमा कोहि छ भन्ने चाल पायो वा मात्र संयोग थियो; पुरे अचानक गोठको खामोतिर फर्कियो।
दुई आँखा चार भए!
शबुले देखिन्,आवरणहिन चौँडा छाति र पाखुराबाट तर्किँदै गरेका पानीका साना साना थोपामा सिंदूरे घामको परावर्तन र पुरेको युवा आँखाको मोहित पार्ने चमक!
पुरेको आँखा आफूमा पर्ने बित्तिकै शबुले आफ्नो शरिरभरि एक किसिमको सुखद् बेहोशी अनुभव गरिन्।
उनका आँखा झिम्किएका थिएनन् र अघिनै झरेको धोतीको सप्कोको उनलाई अझै पनि केहि चेत थिएन!
Last edited: 29-Jun-11 04:14 PM

 
Posted on 06-29-11 4:12 PM     [Snapshot: 11]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ।६।
 
भोकले पुरेको पेट नराम्रोसंग पोल्दै थियो र शरीरका सारा जोर्निहरु लगभग जड् भएका थिए।
दिउँसो केहि खान पाइने आशा दिउँसै मरेको थियो जब रिट्ठेले बारी अल्छि गरेर जोतेको आरोप लाएको थियो र उसले देखाएको पाटो नसकाए  
बेतको लट्ठीले पिँडुल्ला ठोक्ने धम्की दिएको थियो।
घर गए पनि घरमा पिठो थिएन र बिस्टे बुढालाई आज पनि सञ्चो नभएको भए पिठो पिनेर ल्याऊन पनि सक्दैनथे।
"कता गएर के खाने होला पर्भु!"
भोकले आक्रान्त पुरे पिँडुल्लाको मयल माड्दै सोच्न थाल्यो।
उलाई सिमीको याद आयो!
"केहि राखिदिएकी होली त मलाई?"
उसले मनमनै प्रश्न गर्यो र पिँडुल्लामा पानी खन्याऊन थाल्यो।
सिमि र पुरे संगसंगै हुर्किएका थिए।
दुवैका हजुरबाहरु एक अर्काका साथि थिए र दुवैको मनमा एक अर्का प्रती धेरै कंचन माया र श्रद्धा थियो। पुरेको दुखमा सिमी आहत हुन्थिन भने  
सिमी खुसि हुँदा पुरेको संसार उज्यालो हुन्थ्यो।कयौँ पटक, आफूले खाने भाग सिमिले पुरेलाई लुकाएर राखिदिएकि हुन्थिन् र पुरे भोकै साहुको काम गरेर फर्केको रात, सिमिले पुरेलाई सुटुक्क लुकाएको भाग दिन्थिन्। यी दुईबिचको माया केटाकेटि अवश्थादेखि नै यतिकै गाढा थियो। यौवनावश्थाले यि दुईको मायामा कुनै फरक ल्याएको थिएन वा यौवनावश्थाको माया महशुस गर्न यिनिहरुलाई थिचिराखेको गरिवी, भोक र बेफुर्सदीले कहिल्यै फुरसद दिएको थिएन।

पुरेलाई भोक र थकाईको तीव्र अनुभव भयो।
उसले आफूले लगाईराखेको भोटो खोलेर गोठमाथी राख्यो र पानीले आफ्नो पाखुरा र छाति भिजायो।
आफ्ना दुवैहात दुईतिर फिँजाएर आकाशतिर हेर्यो र दुवै आँखा चिम्लियो।
उसलाई हल्का थकाई मरेको आभाष भयो।
पानीले भिजेको शरिरको भागमा मन्द मन्द बहेको हावाले हल्का हान्दै जाँदा उसलाई लागेको थकाई कम हुँदै गएको महशुस गर्दै थियो पुरे।
पुरेलाई कतै केहि सरसराहट वा केहि आवाज सुने जस्तो लाग्यो।
पुरेले आवाजको दिशामा हेर्यो र अवाक भयो।
गोठको खामोनेर शबु उभिएकि थिइन र अपलक उसैलाई हेर्दे थिइन्।
शबुको लामो कपाल खुलेको थियो र टाउकाको दुबैतिरबाट छरिएर दुबै कुमबाट तल नागबेलि परेका थिए। आफ्ना दुबै हात सिधा तल झारेर  
अवाक मुद्रामा एकोहोरो पुरेलाई हेरिरहेकी शबुको मुटुको धड्कन बढेको कुरा शबुको शरिरका उतार-चढावले साससंगै चलायमान हुँदै दिँदै थिए।
शबुका ठूला गहिरा आँखा र अलिकता खुलेको ओठले पुरेसंग आँखा जुधेर शबुको शरिरमा भरिएको रोमांच बयान गर्दैथिए।
पुरेले चाहँदा नचाहँदै पनि शबुबाट आँखा हटाऊन सकेन।
एक पललाई खै के भयो कुन्नि पुरेले सम्पूर्ण थकाई र भोक बिर्सियो।
अचानक शबुले केहि झुकेर धोतीको सप्को उठाईन र शरिर छोपिन्। केहि लजाए जस्तो गरिन् र पुरेतिर हेरेर मुसुक्क हाँसिन्।
जवाफत: उसले पनि ओठमा मुस्कान ल्यायो।
उसले महशुस गर्यो मुस्कुराऊनलाई ओठ चलाऊन पनि उसलाई कति गाह्रो हुँदैथियो। किन हुँदैथियो उसले थाहा पाएन।
पुरेले हत्तपत्त भोटो झिकेर लगायो र सिधा उभियो।
शबु अब एक हातले गोठको खामो समातेर केहि बाङ्गिएर उभिएकि थीईन्।
पुरेलाई यस अवश्थामा शबु झन अद्वितिय राम्री लाग्यो।
"हे भगवान के भा' होला मलाई!"
पुरे अचम्भित हुँदै मनमनै बोल्यो।
शबु फेरि हाँसिन् र अब उनि धेरै सम्हालिएकी देखिन्थिन्।
पुरे यथार्थमा आयो।
"पुरे है नाउँ?"
शबुले मुस्कुराउँदै सोधिन्।
"हजूर"
पुरेले शुष्क स्वरमा उत्तर दियो।
"मेरो घर यि यईँ हो!"
शबुले हातले आफ्नो घर देखाउँदै हँसिलो मुद्रामा भनिन्।
पुरे अब धेरै सम्हालिएको थियो। 
"म चिन्छु तपइँलाई, रिट्ठेदाईको बैनि हइन तपईँ?"
पुरेले नम्र भएर भन्यो।
"सउतेनी बइनि!"
शबुले मुख केहि अमिलो बनाएर उत्तर दिईन्।
"किन तपाईँ भन्नु पर्या होला यो मान्छेलाई,शबु भने हुन्छ!"
शबुले हातले समातिराखेको गोठको खामो कोतर्दै भनिन्।
"तर..."
पुरेले केहि भन्न खोज्दै थियो, शबुले केहि सम्झेको जस्तो गरिन र सिधा पुरेको आँखामा आँखा गाडेर सोधिन्-
"हाम्रो घर हेर्छौ?"
पुरे केहि बोल्नै सकेन।
यो सबै के हुँदैथियो पुरेले बुझ्न सकेन। रिट्ठेको बहिनीसंग बोल्नु आफैँमा एक डरलाग्दो कुरा थियो उसको लागि, र त्यसमाथि घर हेर्न जाने  कुरा गर्दैथिईन शबु। तर ऊ बिरोधको एक शब्द पनि निकाल्न सकिरहेको थिएन।
शबु यताउता हेर्दै निकै सतर्कताकासाथ पुरे तिर बढिन्।
घाम अब पुरै डुबिसकेको थियो र केवल नाम मात्रको उज्यालो बाँकि थियो। जताततै झ्याऊकिरीको किरीकिरी आवाज शुरु भैसकेको थियो।
ऊ अवाक् हेर्दै थियो, शबु उसको धेरै नजिक आईपुगिन्।
लगभग पुरेको कानैनिर मुख लगेर भनिन्-
"हाम्रो घर हेर्न हिँड न!"
पुरेको नाकमा एउटा गन्ध छिर्यो,नारीगन्ध!निकै मिठो र मोहक गन्ध लाग्यो पुरेलाई!उसलाई लाग्यो ऊसको सम्पूर्ण शरिर यो गन्धतिर तानिँदै  छ!
फेरि केहि बोल्न सकेन।
"हाम्रो घर..हिँड"
शबुको आवाज फेरि पुरेको कानमा आयो र पुरेले महसुस गर्यो शबुका नरम हातले उसको हात समातेको।
उसलाई आफु कुनै निद्रामा परेको जस्तो अनुभव भयो।
उसले थाहा पायो,शबुले उसको हात समातेकी छिन र केहि बोल्दैछिन् तर उसले केहि बुझेन। उ शबुसंग उनको घरतिर यन्त्रवत् तानिँदै थियो।
रात पुर्ण रुपमा परिसकेको थियो।
अलिक पर पानी महलमा कुकुर एकोहोरो भुकेको आवाज आईरहेको थियो।
 
शबुको घरभित्र छिर्दा छिर्दै पुरे यथार्थमा आयो।
शबुले कुन्नि के भन्दै थिईन् पुरेले बुझेन। उसलाई डरले सताउन थाल्यो। ऊ रिट्ठेको बहिनिसित राति एक्लै रिट्ठेको घरभित्र थियो।
उसको शरिरमा एक कम्पन आयो।
"हे दैव किन आएँहुँला म यहाँ?"
पुरेले मनमनै भन्यो।
"कति काम गर्न सक्छौ तिमी?"
शबुले पुरेको पाखुरामा आफ्ना औँलाले स्पर्श गर्दै भनिन्।
पुरेको नाकमा फेरि उहि गन्ध व्याप्त भयो जसले उसलाई यहाँ घरभित्रसम्म तानेर ल्याएको थियो।
पुरे शबुबाट अलि पर गयो।
फेरि यथार्थमा फर्कियो।
के गर्ने के नगर्ने, पुरे सोच्नमा मग्न भयो।
शबु भर्खरै आफ्नो सामुन्नेबाट अलि पर सरेको पुरेलाई हेर्दै थिइन्।
पुरेको मुखबाट पुरेले नै थाहा नपाई बोलि निस्कियो-
"यहाँ...क् केहि खानेकुरा पाईएला?"
पुरेको प्रश्न सुनेर शबु एक पललाई अचम्ममा परिन् र तत्कालै उनको मुहारमा पुरेप्रती दया र माया भरिएको देखियो।
"भोक लागिरा' छ?
अत्यन्त प्रेमपूर्वक शबुले सोधिन्।
दयनिय आँखा बनाउँदै पुरेले सहमतीमा टाउको हल्लायो।
शबु पुन: पुरे भएतिर आईन् र मायाले दाहिने हातको हत्केलाले पुरेको बायाँ गालामा स्पर्श गर्दै भनिन्-
"पर्ख म ल्याईहाल्छु"
यति भनेर शबु कुनै कोठातिर लागिन् शायद भान्सा होला।
पुरेलाई लाग्यो उसको बायाँ गालामा शबुको मिठो स्पर्शको चिन्ह टाँसिएको छ।
उसले आफ्ना हातका औँलाहरु गालामा चलायो र अघिको गन्ध याद गर्यो।
"के भईरहेको छ पर्भु?"
उसले मनमनै भन्यो।
हातमा चरेसको थालभरि च्यूरा र खै के केका हुन् तरकारिहरु लिएर शबु आईपुगिन्।
अब पुरेलाई अर्को गन्ध आऊन थाल्यो; भोजनको गन्ध।
यो गन्धको तीव्रता अघिको गन्ध भन्दा बढि रहेछ। अघिको गन्धमा पुरे गन्धसित बिस्तारै चलेको थियो तर अहिलेको गन्धतिर पुरे लगभग झम्टियो। थाल शबुको हातबाट लगभग खोसेर भुईँमा राख्यो र पँलेटी कसेर कतै नहेरि कपाकप तरकारि र च्यूरा चपाऊन थाल्यो।
शबु एकटकले पुरेले खाएको हेर्न थालिन्।
दिनभरीको भोको, विवश र कर्मठलाई भोजनको भोक सबैभन्दा ठूलो थियो।
पुरे दुबै बङ्गाराबाट चपाउनमा व्यस्त थियो।
शबुलाई हेर्दा हेर्दै पुरेप्रती असिम माया उमडिएर आयो।
"पानी ल्याइदिन परो नत्र अड्काऊला फेरि बिचरोले!"
मनमनै बोल्दै शबु पानी लिने मनसायले भान्सातिर लागिन्।
बाहिर ढोकाका कसैले ढक ढक गरेको सुनियो।
भान्सातिर लागेका शबुका पाइला जड् बने।
च्यूरा चपाईराखेको पुरे मुर्तिवत् अडियो!
दुबैके एक अर्कालाई आत्तिँदै प्रश्नवाचक दृष्टीले हेरे।
ढोकामा फेरि एकपटक कसैले ढकढकायो!
 
Last edited: 29-Jun-11 04:18 PM

 
Posted on 06-29-11 4:16 PM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब को गइराछ कथा त

अर्को भाग कहिले आउछ होला
 
Posted on 06-29-11 4:16 PM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्न पाछैन आइसकेछ -

ल त म पढ्न बसे

 
Posted on 06-29-11 4:21 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ५ को अन्त र ६को शुरु मिलेन नि जिम्मालबा। पैलै आँखा जुधिसक्या थ्यो। 
 
Posted on 06-29-11 4:24 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाका त झनै ड्यान्जर भन्दा खतरानाक भयो ल

अब को आहोला - रिट्ठे त हो नि -

कवाफ मा हड्डी बन्न रिट्ठे लाई जस्तो अरुलाई कहाँ आउछ र
 
Posted on 06-29-11 4:25 PM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शबू लाई आँखा जुध्या जस्तो लाग्या होला

पुरे ले चाँही नदेख्या होला -

 
Posted on 06-29-11 4:25 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 हैन हैन, पाँचको अन्त्य शबुतिर बाट हेर्दाको अनि ६ को शुरु पुरेतिर बाट हेर्दाको एउटै घटनाको बयान गर्न खोज्या हो। बुझिएन?
 
Posted on 06-29-11 4:27 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौ मार्यो रिट्ठेराम पो आए जस्तो छ, मार्ने भो बुढोले, हरे, काँ ल्यार रोक्या यो कथा, लु भे'न यस्तो त, छिटो आर्को भाग चाइयो, फेरि भोलि देखुन् त लामो सप्ताहन्तको लागि निस्किनछन् केरे। झट्ट चाइयो झट्ट
 
Posted on 06-29-11 4:28 PM     [Snapshot: 58]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बुझियो बा, खतरा बुझियो। वाह वाह, ब्राभो पर्भु। 
 
Posted on 06-29-11 7:48 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल्पनिक ईतिहासमा काल्पनिक पात्रहरुको काल्पनिक घटनाको शुक्ष्म  अध्ययन । धेरै राम्रो छ ।
 
Posted on 06-30-11 10:51 AM     [Snapshot: 380]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhat teri pranaam bhanchha bhanya ta hajoor po bhane chha ...

Ritthe le baachne bhayo baas pure ko tighraa maa aba..
 
Posted on 06-30-11 11:49 AM     [Snapshot: 419]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौ छैठौ भाग नि भ्याइयो। 
गजब रमाइलो सिन थ्यो दुई जना को, कस्तो डर भर नभाकी राइछे सबु त, बिचरो पुरे ले भेट्ने भो जस्तो छ् अब। 
गन्ध को पछी लाग्दै हिन्या थ्यो। 
तर सबु ले डोको ले छोपेर राक्छे पुरे लाई,धन्दा नगरेस पुरे। रामे ले जस्तो भेट्दैनौ। हिरो पो हो त केटो,यो फिलिम को। 
 
अनी चौतारी पात्र हरुमा यो सबु चै को पारीन हँ कि सिमी =सबु एउटै हुन त सम्धी ज्यु। 
 
लु अब सातौ आध्याए भोली सम्म मा त सुन्न पाईेला नि। 

 
Posted on 06-30-11 1:51 PM     [Snapshot: 479]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शबू भन्या उहिले उहिले ओन्स अपन अ टाईम चौतारी मा आउने शब्नम हो क्यारे - हैन त जिम्बाल

चौतारी कथा पार्ट १ मा पनि थ्यो - त्यो सिन पो सिन त - पँधेरा को सिन - वाह क्या सिन है
 
Posted on 06-30-11 2:03 PM     [Snapshot: 485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 त्यो सबु त था भो तर 
त्यो कथा लेखाइ बिवरण मा नाम उल्लेख नभा भर र अहिले का पात्र हरु मात्रा हुन कि भनेर 
त्यो कथा चौतारी को त्यो भाग त रमाइलो थ्यो पढेरा को सिन। फेरी एक चोटि रिभिजिट गर्नु पर्ला जस्तो छ् 
यो तनासाह सकियोस अनी टास्नु पर्ला फेरी,
नयाँ केट्केटी ले नि पढुन न, बाउ बाजे को पाला को। 
मखुला लहरे। 

 
Posted on 06-30-11 2:11 PM     [Snapshot: 501]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-30-11 2:40 PM     [Snapshot: 525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 touched my heart.........read it in one slot..waiting for more


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters