[VIEWED 41843
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-10-09 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग १
"दिपिका ला हेर्न खत्तम नै हुने भयो, बर्बाद हुने भयो"--- सारीका फोनको रबर को एन्टेना चिमोट्दै आइपुगी मेरो कोठामा। दस पाइलाको दुरिमा थियौँ होला हामी त्यो दुरी पनि हिंड्न नसकेर दौडेर आइ।
"बिस्तारै हिँड। घर भित्रै दौडिन त पर्दैन होला नि? आइपुग्ला तेरो बाजे फेरी तल बाट निहु खोज्न"---आफुलाई उस्को कुरा सुन्न भन्दा बढी तल बस्ने कालेको पिर। अलिकती आवाज ठुलो भयो भने पनि तल बाट हान्न थाल्थ्यो उस्को दलिनमा। आफुलाई पैतालामै ठोक्या सरी हुने गरेर।
"मान्छे ह्याँ मर्न आँटिसकेँ, उस्लाई तेइ असत्ती नरपिसाच को पिर"---फन्केर हिँडी मेरो कोठाबाट। खुब प्रयोग गर्थी यो नरपिसाच भन्ने शब्द। शब्दै सुन्दा नि दिउँसै तर्साउला जस्तो डर लाग्ने।
"किन मर्न आँट्या त्यो पनि सुनारै जा न"---उस्को अनुहार पनि नहेरी, आँखा झिमिक्क नगरि मनिटर तिर अनी औंला चै किबोर्डमा पिटिक पिटिक पार्दै मैले सोधेँ, मैले नसोधिकन उस्ले चै नभन्ने नै झैँ गरेर।
"हेर्न अको दिदी आउने रे पर्सी, बुधवार आएर आईतवार जाने रे"---रुँला जसरी भनी।
"आहा!"---निस्किहाल्यो मेरो मुख बाट। सारीका तीन छक्क परी।
अको दिदी भनेको त्यस्को फुपु। उहाँको र मेरो चिना पर्ची केबल फोटोमा मात्रै भएको थ्यो। आफ्ना छोरा बुहारी अनी नातिनिलाई भेट्न अमेरिका आउनु भएको छ भनेर सारीकाले नै सुनाकी थीई १-२ महिना अगाडि। बेला बेलामा सारीकाले फोन गरेर "मलाई भेट्न आइस्योन" त भन्थी तर चेपारो पार्दा आँफै चिप्लिछे। बोलिको अली रुखो र छुच्चो अनी बुहारी सँग खट्पट चै सधैं पर्छ भनेर पनि उसैले राग गाएकी थिई। अब यो पाली साँच्चिकै खट्पट बाट लम्किन खोज्नु भएको हो कि भदैको चेपारो को चपेटोमा पर्नु भएको हो थाहा भएन। आउने निधो गर्नु भएछ। खासै उहाँ आउनु भनेको मेरो लागि त कागलाई बेल पाक्या सरह नै हुनुपर्ने थ्यो तर परीस्थिती अर्कै परीदियो यो पाली।
आको दिदी "in" हुने बित्तिकै सफल "out" हुन्थ्यो हाम्रो अपार्ट्मेन्ट् बाट। खास मलाई खुशी लागेको चै सफल "out" हुने भएर हो।
सारीकाको र मेरो अपार्ट्मेन्ट् मा हामी भन्दा धेरै बस्ने ; हामी भन्दा धेरै खाने तर पैसा चै फुटी कौडी ननीकाल्ने अनी काम गर्न भनेपछी वरको सिन्का पर पनि नसार्ने; ढलेको गिलास धरी उठाउन एक्छिन सोच्ने यदी त्यो उठाउदा मेरो कम्मर मर्किने हो कि भनेर; मोजा खोलेर कहिले सोफामा कहिले भान्सामै फालिदिने; टि.भी को आवाज दुई कोश पर सम्म सुन्ने गरेर ठुलो बनाउन पर्ने; नुहाए पछी घरमा को को छ मत्लब नगरेर रुमाल कम्मर मा बाँधेको भरमा अर्ध नग्न शरीर लिएर दुई घण्टा वरदोर गरेर बस्ने; दिन भर भिडियो गेम पाएपछी बसेको ठाउँबाट हलचल नगरने; खान पकाउन केही जाँगर पनि नदेखाउने तर खानेकुरा केही फ्रिजमा देख्न पनि नहुने। देख्यो भने अरु खावस कि नखावस वास्ता नगरेर एक बचन कसैलाई नसोधी आफु मात्रै खाने; हरेक बिदा, लामो होस् कि छोटो होस् आइपुगिहाल्ने; यती धेरै गुणहरुले भरिपूर्ण "सफल" नाम गरेको सारीका को बोइ फ्रेन्ड थ्यो। नाम मात्र सफल काम जती उस्का सबै असफल हुन्थे। मान्छे त बिदा भएपछी काम गर्न तिर लाग्छन नि उ त सिधै आइपुग्थ्यो हामी काँ। दुई हप्ता भन्दा धेरै कुनै काममा पनि टिक्न सकेको हाम्रो ज्ञानमा आएको छैन। काममा जो सँग पनि ठ्याक नमिल्ने उस्को। त्यस्तो त मैले आज सम्म उस्को बाहेक अरु कसैको पनि सुनेकी छैन। एउटा ठाउँ नराम्रो हुन सक्छ दुइटा हुन सक्ला सब का सब नराम्रो त कसरी हुन्छ? त्यो मैले कहिले बुझिन।
हुन त सफल बस्ने हाम्रो अपार्ट्मेन्ट त के हाम्रो स्टेट मै थिएन। उ अर्कै स्टेटमा बस्थ्यो र त्यही युनीवर्सिटिमा पढ्थ्यो। सारीका पनि पहिले त्यही पढ्थी र सँगै बस्थी। सुरुमा त दुई जनाको जोडी चखेवाको जोडी जस्तो थ्यो रे। पछी कुरा मिल्न छोड्यो रे। दुई जनाको झगडामा मायाप्रिती त पिङ-पङ बल्ल जसरी कहिले एका छेउ कहिले अर्को छेउतिर हुइकिन थाल्यो रे। पछी सारीका हाम्रो युनिवर्सिटिमा ट्रन्स्फर भएकी थिई। सँगै बस्दा नमिलेका कुराहरु छुट्टीदा चै मिल्यो रे उनिहरुको। अब एकअर्का प्रती माया सागर को छाल जसरी उर्लेर आयो रे। तर पनि अचम्मको कुरा चै जती उर्लेर आएपनी, बगाएर अर्को छेउ तिरै पुर्याए पनि सँगै चै कहिले नबस्ने रे, दु:ख पाए रे। त्यस्तो पनि हुने रहेछ।
सँगै नबस्ने पनि भन्ने मात्रै हो। सफल जहिले हामी काँ हुन्थ्यो। जस्ले पनि तिमीहरु तीन जना बस्ने हो भनेर सोध्थे। अरु त अरु एक्चोटी म्यानेज्मेन्ट बाट चिट्ठीनै आएको थ्यो हामीले खबर नै नगरि अर्को मान्छे पनि राख्यौँ भनेर। हामीले पछी गएर उ त पाहुना हो भन्दा त्यस्तो सधैं बस्ने पनि पाहुना हुन्छ भनेर हामीलाई नै उल्टो प्रश्न गरेकी थिई म्यानेजरले। त्यती हुँदा पनि सफललाई केही फरक परेको चै थिएन। उ आफ्नो नित्य कर्म गरिनै रहेको थ्यो, बिदा भयो कि झोला बोकेर हामीका पसारो पर्न आईहाल्थ्यो।
यो पाली पनि दुई हप्ता बितिसकेको थ्यो, अब अर्को दुई हप्ता बस्ने सफलको प्लान थ्यो। अको दिदी आएपछी त उ जानै परीहाल्यो। आफ्नै फुपुको अगाडि सारीका पनि बोई फ्रेन्ड सँग एउटै कोठामा त बस्न कसरी सक्थी र? बस्न नसक्ने मात्रै होइन सफललाई चिनाउन पनि सक्दिन थिई त्यो बेलामा। सफल को र उस्को सम्बन्ध कस्तो हो सारीकालाई नै त छुट्याउन हम्मे हम्मे थ्यो अरुले के बुझ्ने र उस्ले कस्लाई के भन्ने? त्यसैले उ चिन्तित थीइ अको दिदी आउने भनेर। आफुलाई त सफल जस्तो चन्डलाई पठाउन पाए जुन मुन्ड आएपनी केही थिएन, झन फुपु त राम्रै भयो।
क्रमश: .......
Last edited: 10-Mar-09 09:13 AM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-10-09 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शब्दै सुन्दा नि दिउँसै तर्साउला जस्तो डर लाग्ने। LOL
well presented... looking forward for next part...
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 03-10-09 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahahaha............nice one .....Dherai din kataa gayab ni????.....eagerly waiting for the next post!!!!!!!!
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 03-10-09 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै पछि हजुरको कथा आयो, खुशीलाग्यो । बांकि कमेन्ट भरे पढेपछि गर्ने छु । कथा टाँस्नु भएकोमा धन्यबाद!! -somewhereondearth
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-10-09 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल बल्ल कथा आएछ दिपिका को - झन्दै एक जुग पछी राम्रो गएको छ - अगाडि बढाउदै जाउँ क्रमश: लाई आफ्नो शब्दकोष बाट हटाऔ,
|
|
|
khusshi
Please log in to subscribe to khusshi's postings.
Posted on 03-10-09 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol! it's funny so what next????? tell us more...who is better? chanda "Safal" or munda "Fupu"? BTW Dipika02.....your presentation is very good
|
|
|
jhilkeJetho
Please log in to subscribe to jhilkeJetho's postings.
Posted on 03-10-09 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Like it, eargerly waiting to see next part.....
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-10-09 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सफल तिम्रो त्यो जिन्दगी लाई यो दिपीकाको धिक्कार छ त्यती अल्छी भयोउ के कारण तिमी यही नै मेरो सोधाई छ। के सफल साँचै नै अपार्ट्मेन्ट छोडेर जान्छ त? यो खुल्दुली मेटाइ दिने हो कि दिपीका?
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 03-10-09 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ha ha.. i think dipika will have similar experience with another pahuna - Sarika's fufu as she feels for the current freqent pahuna - sarika's boyfriend.
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-10-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाहुनामा उपस्थित सबै पाहुनाहरुलाई धन्यवाद। समय मिलाएर सबैलाई भेट्न आउनेनै छु
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-10-09 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्सो मेरो नाम सफल राख्देनछन, बाउ आमा र पन्नीत मिलेर। राख्देर हेरम भए भैहाल्छ केटो सफल नभए नी हाम्रो काम राख्दीने हो थाम्ने नथाम्ने उस्को जिम्मा भन्देका भए? पर्थ्यो पर्थेन अहिले समस्या? कुन चै सफल छुट्टी भए पिच्छे कता तिर हो फल्न जाँदो रे छ, पर्ने बेलामा मार्का अब सबै सफल लाई पर्ला जस्तो भो। यो कथा पढ्ने र सफलको ईतिहास नजान्नेले कसैले आफ्नो नाम सफल भन्यो कि "कतै यही त होईन?" भन्ने लहर मनमा उठाउने भए कि भएनन? अर्को कथा अथबा अर्को भागमा कतै दीप बदमास भनेर आयो भने त्यो दीप म होइन है, म अहिलेई भन्दिन्छु- फसमै क्या! ल जे होस, कथामा संग्लो बहाव सधै झै छ। पोर परारै हाम्ले नेपाली पढ्दा ब्याकरण स्याकरण छोडेर यस्ता कथा पाठ्यक्रममा राख्दया भए हाम्लाई कसैले पढ भन्नै नपर्ने। दरो बजाईन्थ्यो होला नम्बर पनि। के गर्नु र, मौका पाईएन। अब अर्को भाग पो कैले आउने हो? राम्री ठीटीले पर्खिउ है संकेतको मुस्कान दिएर ट्याक्सीमा लस्क्या जस्तो पो भो। नपर्खिम मन मान्दैन, पर्खिम कैले आउने हो कैले।
|
|
|
ANS
Please log in to subscribe to ANS's postings.
Posted on 03-10-09 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो दिपीका जि यो त अती नै भो नि - अब सबै कुरा साझामा लेखिदिने ? मैले र सारीकाले तिमीसँग सरस्वती पूजाको बेलुका सोध्दाचै केही फरक पर्दैन भन्ने - अनी यहाँ साझामा आज खैलोउतार गर्ने ? ठिकै छ, भरे बेलुकी हामी सबै भेला भएपछी कुरा गरौला । मैले पनि त तिमीलाई धेरै सहयोग गरेको छु - तिम्रो थेसिस रात भरी भरी नसुती टाईप गरी दिएको, डेबिट कार्ड हराउदा गरेको सहयोग, अनी मोटर सिकएर लाइसेन्स निकाल्न हेल्प गरेको.. etc. Do you think I am really a failure? - सफल J.
|
|
|
Yakku
Please log in to subscribe to Yakku's postings.
Posted on 03-10-09 6:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika, the story is really funny..eagerly waiting to read next part.
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-10-09 7:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
perfectionist--- पुरे, एक भाग लेख्दा नै यस्तो छ अर्को भाग फेरी सुरु गर्न परिसक्यो। मैले पनि "looking forward for next part" भन्न पाए नि हुन्थ्यो जस्तो भईराछ मलाई चै अहिले। fucheketo --- "eagerly waiting for the next post" त हामी पनि हुन्छौ नि तिम्रो कथा पढ्दा। १ भाग राखेपछी पुरै ब्रमान्डको तपस्या नसकी फर्किदैनौ। कुराउन त तिमीले पो जानेको छौ त। होइन त? तिम्रो अर्को सुधा पनि देखेँ। अब पढ्छु बसेर। somewhereondearth--- सोम ज्यु, लौ न यसो खुशी हुने मौका त हामीलाई पनि प्रदान गर्नुस् न। बरु छोटो लामो जस्तो हुन्छ समय मिलाएर लेख्नुस् न। अनी पो साझा छिर्न पनि रमाइलो हुन्छ। कती तिर बाट मिलाएर छिरिन्छ अनी निरास भएर फर्किनु पर्छ। serial--- बौचा ले भने कस्तो कुरा बुझ्छ भने। साथी त तिमी जस्तै हुनु पर्छ बुझ्यौ। मलाई पनि क्रमश: लाई शब्दकोषबाटै हटाएर माथि भाग १ मै समाप्त पो ठोकिदिउँ कि जस्तो भा छ। khuSshi--- खुशी अहिले त मलाई को राम्रो नै भन्न आएन। हात्ती र हात्ती छाप चप्पल जस्तै होला। jhilkeJetho--- अर्को भाग समय मिलाएर छिटो नै राख्नेछु झिल्के जेठो ज्यु। आशा छ त्यो पनि मन पर्नेछ। Norton--- नेत्र लौ न के भनेको त्यस्तो? मैले सफल को जिन्दगीलाई नै त धिक्कारेको छैन है। अब आउने भयो मेरो घाँटी न्याक्न। तिमीलाई के लाग्छ? सफल जान्छ जस्तो लाग्छ? ctal --- सितल कस्तो कुरा बुझ्नु भएको नि। एउटा त पाहुना जस्तो लाग्न पनि छोडिसक्या थ्यो बरु फुपु पो कस्तो हो? Deep--- दीप, हजुर के हुनु भएको यस्तो? उता धागोमा हो कि हैन? छिनो फानो नलगाएर कहाँ को को लस्क्या र मस्क्या सम्झेर बसिरहनु भएको यता आएर। यता अरु भाग कुरेर बस्दा उता जनताले मार्दैनन? ANS--- लौ न यहाँ त चोर को खुट्टा काट भन्दा चोरले खुट्टा तान्या जस्तो भयो कि क्या हो? एउटा काल्पनिक नाम लेख्दा यहाँ चै सच्चिकै मै हुँ त्यो सफल भनेर दाबी गर्न आउनु भएको त पक्कै होइन होला नी। तर जे होस् कुरा चै खाँट्टी को गर्नु भयो है। केटीहरुलाई समस्या पर्ने नै गाडी चलाऊन सिक्न र लाइसन्स लिन भनेर धेरैले भनेको सुनेको छु। भाग्य बस मैले चै आफ्नै दाई सँग सिकेँ है। अरुको मद्धत लिनु परेन। भगवान दाइने भईदेछन भन्नु पर्ला अब। अनी कहाँ बाट थेसिस लेख्दा त्यस्तो सहयोग पाउनु मैले। पाएको भए त पूजा नै गरिहाल्थेनी। अहिले सम्झिदा पो ल हेर सफल J. लाई भनेको भए टाईप पनि गर्दिनु हुने रहेछ भन्दै बसिराछु :-) yakku--- सञ्चै हुनुहुन्छ? धेरै पछी देख्दै छु नि हजुरलाई। अब अर्को भाग पनि राख्छु छिट्टै। आफ्नो किम्ती समय पाहुना मा खर्चिनु भएका सबै पाठकलाई मुरी मुरी धन्यवाद। अर्को भाग समय र परिस्थिती मिलाएर छिटो नै पस्किनेछु दिपिका
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-10-09 10:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एस्पाली चै अर्कै पात्रहरु रैछन कथामा , पूजा खै त कता हराइ पूजा ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-11-09 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपू, धेरै पछि फेरि एउटा रमाइलो कथा लिएर आएछौ। सारीकासँगको गुन्द्रुक, जिम्बु र साबुन्-पानी कथा पनि निकै रमाइलो थियो। लौ यसको अरु भाग पनि छिट्टै पढ्न पाइयोस्। अनि त्यसपछि पूजासंगको पनि कथा राख है, धेरै भयो नपढेको।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-11-09 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छुट्टै स्वाद को गुलियो मिठो कथा दीपु को । सफल संग सफलताका साथ बस्ने सारीका को मन लाई मान्नै पर्छ। मन हो कस्को मा कस्तो मा बस्छ, सारीका लाई नै थाहा होला। सफल जस्तो होइन असफल छान्नु है, छान्नै परे।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-11-09 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भान्जी धेरै पछी आयोउ नि। पढि भ्याए एकै सासमा निकै रमाइलो लाग्यो इस्पेसल्ली सफल को ६ लाइन एक हरफ को गुण गान, त्यो त दोह्र्याएरै पढे,धेरै केटा हरु एस्तै हुन्छन। अनी तल कमेन्ट हरु पढ्दै जादाँ त साचिकै सफल आईपुगेछ भनेर ट्वाँ परेको आखिर हैन रइछ। जे होस् इन्ट्रेस्टिङ छ्, सफल भगाउ अभियान सफल भयो कि भएन त? लौ अर्को भाग छिट्टै राख ल।
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 03-11-09 5:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) दर्शन दिपिका दिज्यु , हजुरका साथी कति मात्रै उटपट्याङग गर्नेहोलान् ---धेरै हसाँयो पाहुनाले। बिचरा सफल मोरो काम चै असफल गर्दो रे'च--- रमाइलो छ -- अर्को भाग कहिले त?! - शुभ भाइ
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 03-11-09 5:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dippuu sappai dukha diney murrdar haru timilai matrai kina parney hola bai ..puje, sarike, safale ab fupu pani ustei hola -- tara timro dukha dekhera afu hasnu perney, sadhai jhai gajab ko lekhai --- go sisu go!
|
|