nirapeksya samaya
Replies to this thread:
More by nirapeksya samaya
What people are reading
Subscribers
Please log in to subscribe to nirapeksya samaya's postings.
:: Subscribe
|
[VIEWED 5635
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
nirapeksya samaya
Please log in to subscribe to nirapeksya samaya's postings.
Posted on 01-02-09 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपा छोटो स्कर्टमा थिइन्।त्यो कुनै फेसन हैन,मालीकको छोरी रोजीले दिएकी छोटो भयो।उमेर र उचाई उस्तै थियो दुबैको।हुन तरोजीले त्यो भन्दापनि छोटो स्कर्ट लगाउँथिन् तर त्यसलाई फेसन भनिन्थ्यो।दीपा छोटो स्कर्ट लगाउँदा सबै केटाहरुले हेर्छन् की भन्ने सोँच्दथी भने रोजी स्कर्ट लगाउँदा अब केटाहरु कसो नहेर्लान् भन्ने सोँच्दथी।दुबै त्रसित थिए स्कर्टबाट।दीपाको त्रासमा सङ्कोच थियो,रोजीको त्रासमा उत्साह।
रोजी +२ मा पढ्दैथिई।दीपाले २ पनि पढेकी थिइन।रोजीको भोलिपल्ट परिक्षा थियो।रोजीलाई अबको परिक्षामा उत्तीर्ण हुनु थियो।सबै प्रश्नको उत्तर लेख्न सकिएला नसकिएला द्वविधा थियो।दीपा भोलिपल्ट नयाँ काम गर्दैथिई। दीपाले मालिकको नयाँ घरको बगैँचामा विदेशी दुबो रोप्नु थियो।सवै दुबो रोप्न सकिएला नसकिएला द्वविधा थियो।त्यस दिन रोजीको घरमा काउलीको तर्कारी पाकेको थियो।“छि!,ममी पनि।हजुरलाई मैले भनेको हैन काउली मन पर्दैन भनेर?कस्तो होइसिन्छ”।अचार देखेपछि रोजी फेरी बोली, “आहा!,आँपको अचार?,कस्तो मीठो लाग्छ”।खाना थोरै लिएर वसेकी थिई ऊ;मोटाएर नराम्री भइन्छ भनेर।भोक लागि लागि पनि खाना नखानुलाई रोजी ‘डाइटिङ्’ भन्थी।खाना खाएर खाटमा गए पनि रोजी नानाथरी सोँच्दै बस्थी,निद्रा लागिहाल्थेन।धेरैपछि दीपाको घर पनि काउली पाक्दैथियो।“छि!,यि आमा पनि कस्ति हुन्,मोटो चामल नै पकाइछन्।बाले मन्सुलि ल्याका हैनन्?”।काउलीको तर्कारी देखेपछि दीपा फेरि बोली,”आहा!,काउली?ठिक छ”। खाना थोरै लिएर वसेकि थिई ऊ;आमाले थोरै नै पस्किएकि थिई।भोक लागि लागि पनि पेटभर खान नपाउनुलाई ऊ पीडा ठान्थी।खाना खाएपछि ऊ भूँईमा पल्टिई।बाले रक्सि खाएर हल्ला गरिरहेका थिए,निद्रा लागिहाल्थेन।
राति रोजिको महल र दीपाको टहरा मौन भयो।
केहि वर्ष वित्यो।खासै नौलो घट्ना केहि घटेको थिएन।रोजीले जेम्सलाई मन पराई।ऊनिहरुको जात नमिलेकाले घरबाट स्विकृति मिलिरहेको थिएन।रोजीको बाबुले जेम्सले चुरोट उडाउँदै रक्सि पिएको देख्ने गर्र्थयो।त्यस्तो शौखिनलाई उसले कुनै पनि हालतमा छोरी नदिने विचार गरेको थियो।फलत: रोजी पोइल गई।जीवन सामान्य नै थियो।दीपाले राजुलाई मन पराई।घर खर्च पनि धान्न धौ भइरहेको बेला दीपाको बिहे खर्च जुटाउनु दीपाको बाबुलाई साह्रो काम थियो।भागेर जा भन्ने बाबुको अप्रत्तक्ष भनाई दीपाले बुझेकी थिई।फलत:दीपा राजुसङ्ग भागी।परिवर्तन केहि महशुस भएन।
बेग्लावेगलै परिस्थिति भए पनि सन्तान जन्माउने र हुर्काउने मसिनको रुपमा रोजी र दीपा प्रयोग भए।बिहानको अलिकति कामपछि दिउसो कसैकोमा बसी साथीहरुसङ्ग तास खेल्न र गफ गर्न रोजीलाई भ्याइनभ्याइ थियो।स्कुलवाट केटाकेटी फर्कने समयमा सबै सहेलिहरु आ-आफ्नो घर जान्थे।काम गर्ने केटोलाई छोराछोरिकोलागि खाजा बना भनेर टि.भि. खोल्यो हेर्यो।केही बेरमा लोग्ने पनि आउछ।थकित लोग्नेलाई हर तरहले खुसी पार्यो वस् दिन गयो।दीपा बिहानको चटारो काम सकि काममा जान्थी,ऊ घरघर कपडा धुने,भाँडा माझ्ने र बडार्ने काम गर्थी।विदेशीको अनुदानमा वनेको प्राथमिक स्कूल जहाँ केही स्वयम्सेवकहरुले पढाउने गर्थे,त्यहाँ दीपाका केकाकेटी जाने गर्थे।दीपा लोग्नेभन्दा केहि छिटो घर पुग्थी।घर पुग्दा केटाकेटिले केहि न केहि बद्मासी गरेकै हुन्थे,उनीहरुलाई गाली गर्दा गर्दै लोग्ने प्रायजसो रक्सि खाएर आउथ्यो तर दीपालाई र केटककेटीलाई माया गर्थयो।दीपाको त्यस दिनको अन्त्य पनि लोग्नेलाई खुसी पार्दैमा बित्थ्यो।बूढेसकालमा रोजी एक्लै परी।छोराछोरी सवै अमेरीका गए।श्रीमान्को मृत्यु भैसकेको थियो।मुटुको रोग थियो,ऊनि पनि हृदयघातको कारणले संसारलाई छोडिन्।दीपा पनि एक्लै परी।छोरो साउदिमा थियो,छोरीको त चाँडै नै विवाह गरिदिएकि थिई।वाथको र दमको रोग थियो,उनि पनि कालको मुखमा रोजीसँगै गइन्।
पशुपतिमा दुबैको लास सँगै जल्दैथियो।
|
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 01-07-09 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oho kasto sad story. lekhdai garam aru pani.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-07-09 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छोटो तर अर्थपूर्ण कथा। एक दिन मर्नु छ भन्ने भुल्नेहरुको ब्यथा। मृत्यु अबसंभाब्य हो नै तर मृत्यु जीवन्त भयो कि भएन भन्ने महत्वपूर्ण कुरा हो। लेख्दै गर्नुस्, पढ्ने हामी छदै छौ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-14-09 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चार हरफे कथामा उपन्यास लुकेको छ्। गरीबी र अय्यास अनी बाल्यकाल देखी मृत्यु सैय्या सम्म को राम्रो प्रस्तुती छ्। अरु पनि लेख्दै गर्नु होला।
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 01-14-09 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nice Philoshophical touch in 4 paragraph..........full marks to selection of a plot...............remembered salinako aina u rocked in that too....but i personally felt it little short ।हुनसक्छ नरपेक्ष जिको कार्यब्यस्तता नै होला यो कथा थोरै लामो बनेको भए चाहिँ गजबै हुन्थ्यो जस्तो लाग्यो ..............eagerly waiting for ur classic touches!!!!!!!!
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Toilet paper or water? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Tourist Visa - Seeking Suggestions and Guidance |
advanced parole |
Sajha Poll: Who is your favorite Nepali actress? |
Problems of Nepalese students in US |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Mamta kafle bhatt is still missing |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
News Summary from Nepal for Saturday, July 20, 2024 |
Biden formally Stands Down!!! |
TPS extension Petition!!! |
KP Oli and Nepali Political Corruption |
Nepali Passport Renewal |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
Are Nepalese cheapstakes? |
Nepali Psycho |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|