वैयक्तिक विचार
सम्भोग के हो र किन पुरुषमात्र दोषि ?
शिव प्रकाश
मे १७
स्त्री-पुरुषबीचको यौन कि्रया स्त्री -पुरुषको समागाम मैथुन कुनै बस्तुको उपायोगबाट आनन्द प्राप्त गर्ने काम र उपभोगलाई सम्भोग शब्दको अर्थका रुपमा उल्लेख गरेको पाइन्छ । सम्भोगको अर्थका वारेमा उल्लेख गरिएका यीनै अर्थभित्र सम्भोगको अर्थ खोज्दा समभोग नै सम्भोग हो भन्ने कुरा बुझिन्छ जस्तो लाग्छ । समभोगको अर्थ भने सामान्य छ - समान् भोग ।
सर्वमान्य र सबैले बुझ्ने भाषामा सम्भोगको अर्थ स्त्री र पुरुषबीचको प्राकृतिका यौन कि्रया हो । अहिलेको समाजमा विकृतिका रुपमा बढिरहेको आप्राकृतिक यौनजन्य समलिङ्गी कृयाकलापलाई सम्भोग मानिन्छ मानिदैन यो बहसको विषय भए भएता पनि मेरो वैयत्तिक विचारमा यो सम्भोग हैन । यो अवैधानिक उपभोग हो ।
सम्भोगले पुरुषपुरुष अथवा स्त्रीस्त्रीबीचको सम्बन्धलाई नभएर स्त्री र पुरुषको सम्बन्धलाई ब्याख्या गरेको छ त्यसैले यो सम्भोग हैन । यौनजन्य समस्या हो । जसको समाधान् प्रकृतिप्रदत्त सीमालाई नाघेर गरिदैछ । कानून मिचेर गरिएको निर्णय जस्तो ! जुन समाधान हैन समस्याको रोकथाम मात्र भने पनि हुन्छ । र रोकथाम कहिले पनि समाधान हुन सक्दैन ।
सम्भोगका बारेमा अहिलेको समाजले अझै पनि अलिकति गलत धारणा वरण गरिरॆहेको छ । यसलाई एकपक्ष र एकपाटोबाट मात्र हेरिदैछ । जुन स्वयमा गलत छ । सम्भोगलाई एकपक्षिय उपयोग वा आनन्दप्राप्तिको विषय वा वस्तु बनाइनु हुदैन । सम्भोग भनेको निश्चय यो समभोग हो । समान रुपले भोग वा उपयोग गरिने वस्तु तथा विषय हो - सम्भोग ! दुईविपरित लिङ्गकाबीचमा दुईपक्षिय सम्झैताद्वारा कि्रयान्वित हुने कि्रया हो - सम्भोग ! निरन्तरको प्रकृया हो - सम्भोग ! जसको उपयोग र उपभोगबाट उपलब्ध हुने आनन्द दुबैपक्षले सकेसम्म अधिकतम् रुपमा प्राप्त गर्ने प्रतिस्पर्धा गरिरहेका हुन्छन् । वैमनस्यता रहित स्वच्छ स्वस्थ्य र अनुपम् आत्मिय अनुभूतद्वारा गरिने प्रतिस्पर्धा हो - सम्भोग ! सम्भोग नै संसारको एउटा मात्र आत्मिय प्रतिस्पर्धा हो । जहाँ प्रेमको भावना भरिपूर्ण हुन्छ । यसलाई एकपक्षिय ढंगले सोच्नु वा अथ्र्याउनु सवर्था गलत धारणा हो । जुन धारणभित्र हाम्रो लगायत अन्य समाजहरु पनि रुमलिएको छन् ।
सबैभन्दा मीठो सम्मोहन सम्भोगमा हुन्छ । यो अवचेन अवस्थामा हुने प्रकृया पनि होइन । पूर्ण चेतन र शारीरिक तथा मानसिक रुपले स्वस्थ्य प्राणीकाबीच हुने एउटा परम् प्रकृया हो । अमानवीय प्रकृया पनि होइन सृष्टिको समुदयको स्रोत हो । सम्पूर्ण प्राणीजगत्को जीवन प्रकृयासंग अभिन्न रहेको विषय भएता पनि मानवीय सभ्यताको आवश्यकता हो - सम्भोग ! सृष्टि र सभ्यताको सुरुवात नै यसैवाट हुन्छ । नत्र यो संसारमा प्रेम भन्ने कुरा रहने नै थिएन होला ! अर्को अर्थमा प्रेमको पराकाष्ठ हो - सम्भोग ! प्रेम विना यो सम्भव पनि छैन । त्यसैले यसलाई सम्भोग भनिएको हो ।
प्रेमको तलाउँमा डुबेर सम्भोगको सतहमा पुग्नु लाई म अपराध मान्दिन । सबै वस्तुको प्रकृया हुन्छ । त्यही प्रकृया अनुरुप सबै विषयहरु संचालित हुन्छन् । प्रेमको प्रकृया र विषयहरु प्नि यसरी नै संचालित हुन्छन् । सम्भोगको प्रकृया जहिले पनि प्रेमबाट सुरु हुन्छ । यदि त्यो प्रेमबाट सुरु हुदैन भने त्यो सम्भोग हुदैन । या त त्यो वेश्यावृत्ति हुन्छ । या त्यो वलत्कार वा करणी हुन्छ ।
वलत्कार र करणी सम्भोग हैन, यो त अपराध हो । पाप हो । दुष्कर्म हो । कुकृत्य हो । प्रेमपूर्ण रुपमा गरिने प्रकृयाका विरुद्धको घोर अपराध हो । अपवादका रुपमा भएका वलत्कार र करणीलाई छोडेर सम्भोग स्वयम्मा सद्भावपूर्ण संवास हो । संश्लेषण हो । मानसिक र शारीरिक शक्तिको ओजस्वी स्रोत हो ।
तर सम्भोगका बारेमा हामीमा सम्यक विचार छैन । विचारमा संतुलनता छैन । हाम्रो समाजले त्यसमा पनि मूलतः स्त्री वर्गले सम्भोग पुरुषका लागि वढी आवश्यक छ र यौनजन्य कृयाकलापमा जहिले पनि पुरुष नै वढी दोषि भएको आरोप लागिरहेको छ ।