[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एउटा बिषय जुन समाचारको सामाग्री मात्र बन्यो; चासो-चिन्ता, अध्ययन-अनुसन्धान र चेतनाको सामाग्री कहिले बन्न सकेन !
[VIEWED 7231 TIMES]
SAVE! for ease of future access.
Posted on 01-17-14 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

आजै मात्र एउटा समाचार पढे, ' अर्घाखाँचीको नरपानी गाविसमा घर पोत्ने रातो माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर दुईको मृत्‍यु भयो र एकलाई सकुशल उद्दार गरियो ।' यस्तो समाचार मैले खबर पत्रिकाहरु पढ्न जान्ने भएदेखि लगातार पढ्दै आएको छु । कही माटो खन्दै गर्दा माथिबाट माटोको ढिस्को बगेर माटो खन्न गएकालाई पुर्छ त कही माटो खन्दा खन्दै भित्रसम्म पसेको सुरुङ माटो खन्न गएकाहरुमाथि नै भासिन्छ ।

यसरी माटो खन्दा पुरिनेहरु प्राय: महिलाहरु नै हुन्छन् । गाउँघरमा घर लिप्ने, पोत्ने र यसको लागि चाहिने माटो खनेर ल्याउने जिम्मा महिलाहरुकै हुन्छ । कतिपय अवस्थामा त भर्खर स्कूल जाने उमेरका साना बालिकाहरु पनि यस्तो दुर्घटनामा पर्छन् । कतिपय ठाउँमा आमासँगै गएका छोरीहरु पनि पर्छन् । उद्दारकर्मीहरुले माटो हटाउने क्रममा एक ठाउँमा आमा छोरीको लाश यस्तो अवस्थामा फेला पारे जसमा आमाले छोरीलाई आफ्नो अँगालोले छोपेर बचाउन खोजेकी थिइन । सम्झदा पनि अत्यास लाग्छ, कति निस्सासिए होलान् उनीहरु ? कति आत्तिए होलान् ?

यस बिषयमा जहिले पनि समाचार बन्छ । तर यस्तो दु:खद घटनालाई फेरि हुन नदिन के गर्नुपर्छ भने सम्बन्धमा कुनै अध्ययन-अनुसन्धान र चेतनाको कार्यक्रम बन्दैन । हाम्रा भूगर्भविदहरुको, समाजशास्त्रीहरुको, अथवा ज-जसले यो बिषयमा केही गर्न सक्छन्, उनीहरुको यसमा ध्यान किन नगएको होला ? हामी नेपालमा जानसक्ने भूकम्प र भूकम्पीय खतरामाथि व्यापक अनुसन्धान र बहस गरिरहेका हुन्छौ, अस्ति भर्खर पोखराको अर्मलामा सिंकहोलहरु बन्दा व्यापक चासो र चर्चाको बिषय बन्यो, तर हप्तैपिच्छे जसो समाचारमा आइरहने र हजारौको ज्यान लिइसकेको यो दुर्घटनाको बिषयमा भने कतै चासो र चिन्ता नदेख्दा आश्चर्य लाग्छ ।

सोच्छु, सानै स्तरमा भए पनि 'यसरी रातो माटो खन्दै जादा माटोको ढिस्को खसेर आँफैलाई पुर्नसक्छ' भन्ने चेतना गाउँघरका ती महिलाहरु माझ फैलाउने एउटा कार्यक्रम संचालन गर्न पाएहुन्थ्यो, तर फेरि धेरै जसो मान्छेहरु पद, पैसा र नामको पछाडि भागेको देख्दा विदेशमा बसेर चाहेर पनि मैले के नै गर्नसक्छु र जस्तो लाग्छ ।
 
Posted on 01-14-16 1:45 PM     [Snapshot: 1267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohoo...yesto ni huncha hai!
 
Posted on 01-14-16 5:29 PM     [Snapshot: 1422]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रातो माटो लिन जाने चलन सार्है खतरनाक छ | बिसेस गरेर traditional non -concrete housing system मा रातो माटो को एकदम महत्तो छ | I hope those days will be gone soon.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters